नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ । निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित हुनुभएको जानकारी दिनुभयो । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गर्नुभएको छ भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुनुहुन्छ । …