काठमाडौं : नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसक्नुको पछाडी आर्थिक चलखेलको आशंका व्यक्त गरेका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार बजेटमाथिको मन्त्रालयगत छलफलमा बोल्दै उनले सरकारले ‘माल’ नपाएसम्म मल नल्याउने बताए। ‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा 'माल' खोजिरहेको छ 'माल'!, भट्टराईले भने, 'जबसम्म 'माल' आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन।’उनले कृषिमन्त्री मल