काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। शुक्रबार संवैधानिक इजलासमा पेशी चढेका रिट हेर्दाहेर्दैमा राखिएको हो। संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट न्यायाधीश हरि फुँयालले जारी गरेको अन्तरिम आदेशका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन। अधिवक्ता डा.गणेश रेग्मीले दर्ता गरेको रिटमा फुँयालको इजलासले १७ भदौ २०७८ मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी