राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाव्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग शुक्रबार छलफल गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिदै पूर्व तयारीको समय कम भएपनि बाँकी रहेको समयलाई सक्दो सदुपयोग गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीका सचिव समेत रहेका