धनगढी उपमहानगरपालिकास्थित विभिन्न सरकारी कार्यालय जान प्रयोग गर्ने सडकको अवस्था जीर्ण बन्दा पनि मर्मतमा चासो देखाइएको छैन । जसले गर्दा नागरिकलाई आवतजावतमा समस्या हुन थालेको छ । मुख्यबजारसँग जोडिएको सो सडक कालोपत्रे नहुँदा स्थानीयवासी तथा यो सडक प्रयोगकर्तालाई सास्ती हुन थालेको हो । मालपोत, नापी, भूमिसुधार, वडा प्रहरी कार्यालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, कैलाली उद्योग वाणिज्य संघ लगायतका मुख्य कार्यालय जान आम नागरिकले सो सडक प्रय