स्वास्थ्य बिमा : कतै बिरामीको चाप, कतै प्रभावहीन

लगातार पेट दुखिरहँदा पनि गुल्मीदरबार गाउँपालिका–४ की ६३ वर्षीया पुतली सुनार उपचार गर्ने रकम नहुँदा रोग लुकाएर बसेकी थिइन् । स्वास्थ्य बिमा गरेकाको निःशुल्क उपचार हुने थाहा पाएपछि जिल्ला अस्पताल पुगिन् । त्यहाँ जाँच गराउँदा पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड

पाल्पा । पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड बढेको छ । जिल्लाका दुई ठूला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनुु र अस्पतालले सेवा सुविधा थप व्यवस्थित र प्रभावकारी बनाउँदै गएपछि पाल्पा अस्पतालमा बिरामीको भीड बढेको हो । स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । यसअघि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रेफर सेन्टरको […]

स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि अस्पतालमा बिरामीको घुइँचो

पर्वत : जिल्ला अस्पतालमा पर्वतमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएको छ। यसअघि सामान्यतः दैनिक करिब ७०/८० जना आउने गरेको अस्पतालमा पछल्लो समय २०० को हाराहारीमा बिरामी परीक्षणका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले बताउँछन्।‘सबैभन्दा बढी एकै दिनमा करिब २०० जना स्वास्थ्य जाँच गरिएको छ‚' उपाध्ययले भने‚ 'पहिले भाइरल प्रकृतिको रोग लागेको बेलामा मात्र यतिका चाप हुन्थ्यो।’ उनका अनुसार स्वास्थ्य बिमा गरेपछि उपचारमा खर्च लाग्दैन भन्ने भएपछि सामान्य अवस