काठमाडौं : सरकारले भूमि आयोग गठन गरेको छ। सरकारले आयोगको अध्यक्षमा नेपाली कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरेको छ।यसअघि उनी कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए। मोरङको कानेपोखरी गाउँपालिकाका निरौला कांग्रेस महासमिति सदस्य हुन्।आयोगको उपाध्यक्षमा भने सरकारले माओवादी समर्थक मीनेन्द्र खड्कालाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्ष निरौलालाई पद तथा गोपनीयताको शपथ गराए। आजै आयोगका उपाध्यक्ष