भूमि आयोगसँग रत्ननगरको सम्झौता

चितवन (अस) । चितवनको रत्ननगर नगरपालिकाभित्रका सुकुमबासीलाई लालपुर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच सम्झौता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष केशव निरौला, सदस्यसचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरप्रमुख नारायण वनले सम्झौतापत्रमा हस्ताक्षर गरे । यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या सामधान आयोगले सुकुमबासीलाई लालपुर्जा वितरणका लागि ७७ वटै जिल्लामा काम सुरु गरिसकेको थियो । विवरण संकलन गरेर जग्गा नाप्ने काम चलिरहदा वर्तमान सरकारले ज्ञवाली नेतृत्वको आयोग विघटन गरेको थियो । वर्तमान निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले अघिल्लो आयोगले गरेका कामलाई सदर गर्दै लालपुर्जा वितरणका लागि पालिकासँग सम्झौता गरेको हो । ज्ञवाली नेतृत्वले बनाएको लालपुर्जा वितरणसम्बन्धी कार्यविधिलाई केही संशोधन गरी अहिलेसम्म भएका कामलाई आधार मानेर लालपुर्जा वितरणको काम अगाडि बढाउने गरी सम्झौता भएको नगरप्रमुख वनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि पाँच वर्षे कार्यकालको अन्त्यमा आइपुगे पनि अहिले बनेको आयोगले सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने विश्वास उनको छ । यसअघिको आयोगले संकलन गरेको विवरणअनुसार रत्ननगर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी २ हजार ३९८ घरधुरीले फारम भरेका थिए । गत पुस २४ गते भरतपुर महानगरसहित माडी र कालिका नगरपालिकाले आयोगसँग यसअघि सम्झौता गरिसकेका छन् ।

सम्बन्धित सामग्री

भूमि आयोग नुवाकोटमा नौ हजार निवेदन

जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोटमा करिब नौ हजार निवेदन संकलन भएको छ।  जिल्लामा रहेका १२ पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमतिपत्र’मा सम्झौता गरेर निवेदन संकलनको चरण पूरा...

भूमि आयोग नुवाकोटमा नौ हजार निवेदन

काठमाडौँ । जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोट जिल्लामा करिब नौ हजार निवेदन सङ्कलन भएको छ ।  जिल्लामा रहेका बाह्र पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमति पत्र’मा सम्झौता गरेर निवेदन सङ्कलनको चरण पूरा भएको जनाइएको छ ।  आठवटा पालिकामा आठ हजार छ सय ४० निवेदन प्राप्त भएको आयोगको नुवाकोट अध्यक्ष अर्जुन न्यौपानेले जानकारी […]

भूमिहीनलाई जमिन उपलब्ध गराउन भूमि आयोग र खाेटाङका पालिकाबीच सम्झौता

खोटाङ – भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमि आयोग र खोटाङका १० पालिकाबीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गर्नेदेखि आवश्यक जमिन उपलब्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमि आयोग र पालिकाका प्रमुखबीचमा आज बुधवार सम्झौता भएको हो ।  दिक्तेलमा आयोजित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र १० पालिकाका प्रमुख/उपप्रमुखबीचमा २३ बुँदे सम्झौता कायम गरिएको हो । सम्झौता पत्रमा पालिकाले ...

भूमि आयोग र स्थानीय तहबीच सम्झौता

संखुवासभा : संखुवासभामा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ।भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति संखुवासभा र स्थानीय तहबीच आइतबार सम्झौता भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति संखुवासभाका अध्यक्ष शंकरमान कँडेलले जानकारी दिए।संखुवासभामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सदरमुकाम खाँदबारीमा जिल्लाका १० स्थानीय तह र राष्ट्रिय भूमि आयोग जिल्ला समिति संखुवासभाबीच सम्झौता गरिएको आयोगका अध्यक्ष कँ

सङ्खुवासभामा भूमि आयोग र स्थानीय तहबीच सम्झौता

सङ्खुवासभामा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ । भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति सङ्खुवासभा र स्थानीय तहबीच आज सम्झौता भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलले जानकारी दिए । सङ्खुवासभामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सदरमुकाम खाँदबारीमा जिल्लाका १० स्थानीय तह र राष्ट्रिय भूमि आयोग जिल्ला समिति सङ्खुवासभाबीच सम्झौता गरिएको आयोगका अध्यक्ष कँडेलले

सङ्खुवासभामा भूमि आयोग र स्थानीय तहबीच सम्झौता

किमाथाङ्का । सङ्खुवासभामा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ । भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति सङ्खुवासभा र स्थानीय तहबीच आज सम्झौता भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलले जानकारी दिए । सङ्खुवासभामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सदरमुकाम […]

भूमि आयोग र स्थानीय तहबीच सम्झौता

गुल्मीमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ । भूमिहीनलाई जग्गा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मी र स्थानीय तहबीच बुधवार सम्झौता भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको व्यवस्थापनका लागि सदरमुकाम तम्घासमा जिल्लाका सात स्थानीय […]

भूमि आयोग र स्थानीय तहबीच सम्झौता

गुल्मीमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ । भूमिहीनलाई जग्गा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मी र स्थानीय तहबीच बुधवार सम्झौता भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको व्यवस्थापनका लागि सदरमुकाम तम्घासमा जिल्लाका सात स्थानीय […]

भूमि आयोग र स्थानीय तहहरुबीच सम्झौता

गुल्मीमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने कार्यको सम्झौता गरिएको छ। सम्बन्धित स्थानीय तह र भूमि आयोगबीच मंगलबार सम्झौता गरिएको हो।...

सुुकुमबासीलाई जमिन दिन भूमि आयोग र कञ्चनपुरका चार पालिकाबीच सम्झौता

भूमिहिन नागरिकलाई जमिन प्रदान गर्नका लागि राष्ट्रिय भूमि आयोग र कञ्चनपुरका चार पालिकाबीच सम्झौता भएको छ । बिहीबार राष्ट्रिय भूमि आयोगले कञ्चनपुरका चार पालिकासंग सम्झौता गरेको हो । राष्ट्रिय भूमि आयोग...