६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अहिले टुंगो लगाएका उम्मेदवारहरूमा ११ जनामात्रै महिला परेका छन् ।
कांग्रेसले मंगलबार दिउँसोसम्म १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंग्याएको छ । जसमा ११ जनामात्रै महिला …
६ माघ, रौतहट । नेपाल सद्भावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका अनिलकुमार झा नेपाली कांग्रेसबाट चुनाव लड्ने भएका छन् ।
कांग्रेसले उनलाई रौटहट–१ मा टिकट दिएको छ । झाले कांग्रेसबाट चुनाव लड्न लागेको पुष्टि गरे । …
६ माघ, सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो चुनावमा यादवले सप्तरी–२ बाट चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्दै उनले मनानयन दर्ता गराएका हुन् ।
६ माघ, बारा । बारा- ४ मा रास्वपाका रहबर अंसारीले उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादीबाट २०७९ मा पर्साबाट प्रदेशसभा निर्वाचन जितेका रहबरले हाल माओवादीको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य दुबै छाडेर रास्वपा प्रवेश गरेका हुन् …