चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिमी शक्तिले प्रतिबन्धमार्फत विश्व अर्थतन्त्रको ‘सशस्त्रीकरण’ गरेको आरोप लगाएका छन् । उनले बढ्दो वित्तीय चुनौतीमाझ एकताको लागि आह्वान समेत गरेका छन् । बुधबार साँझ ब्रिक्स सम्मेलनमा भिडियो सम्बोधन गर्दै उनले विश्व अहिले महामारी तथा नयाँ ‘सुरक्षा चुनौतीबाट’ बाहिरिने संघर्षमा रहेको बताए । ‘युक्रेन युद्ध विश्वको लागि अर्को चेतावनी हो । यसले कथित ‘सबल हैसियत’ माथिको अन्धविश्वास र सैन्य गठबन्धन विस्तार गर्ने प्रयास