प्रतिनिधिसभा बैठकदेखि सडकसम्म एम अधिकारीको खोजी भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलका सांसदहरुले एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भन्दै कारवाही गर्न माग गरेका छन् । प्रचलित कानुन नियम विपरित गभर्नर अधिकारी एमाले सदस्य रहेको भन्दै उनले पदमा बस्न उचित नहुने भन्दै प्रश्न उठाएका छन् । अधिकारी एमाले पार्टीभित्र अर्थ योजना विभागको सदस्य रहेको बताउँदै छानविन गरी कारवाही गर्न उनीहरुले माग गरे । प्रतिनिधिसभाको विशेष समय लिएर बोल्दै काँग्रेस सांसद मीन