परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा दूतावास खोल्ने सम्बन्धमा संसद्को संसदीय सुनुवाई समितिलाई जवाफ दिएका छन् । संसदीय समितिले ‘पोर्चुगलमा दूतावास स्थापना गर्नु पर्नाको कारण, आवश्यकता र औचित्यताको सम्बन्धमा’ सोचेको प्रश्नको जवाफमा शुक्रबार दूतावास खोल्नुको कारण उल्लेख गरेका हुन् ।