भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछ