अस्पताल भर्ना हुँदा संक्रमित थिएनन्, मृत्युपछि कोरोना पुष्टि

विराटनगर : विराटनगरको न्युरो अस्पतालमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। मोरङ पथरी शनिश्चरे-२ देवीगञ्जका ६५ वर्षीय पुरुषको शनिबार अपराह्न उपचार क्रममा मृत्यु भएको हो। ज्वारो आएपछि १० दिनअघि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो त्यसबेला जाँच गर्दा उनमा कोरोना देखिएको थिएन। अस्पतालमा उपचार क्रममा मृत्य...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।  जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ । The post प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना सक्रमित भीम आचार्य अस्पताल भर्ना

चितवन, १२ मंसिर । नेकपा एमालेका सचिव भीम आचार्यलाई उपचारको लागि अस्पताल लगिएको छ । चितवनमा जारी एमालेको दशौ महाधिवेशनमा सहभागी हुन पुगेका आचार्यलाई स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि सौराहस्थित एक होटलमा आइसोलेसनमा बसेका आचार्यलाई आज मात्रै एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो ।

प्रदेशसभा सांसद चौलागाईंलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं : कोरोना संक्रमित बागमती प्रदेश सभा सांसद् पशुपति चौलागाईं अस्पताल भर्ना भएका छन्।कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका एमाले नेता तथा प्रदेश सभा सांसद चौलागाईंलाई मनमोहन अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पीसिआर टेस्ट गरेका सांसद चौलागाईंलाई मंगलबार कोरोना पुष्टि भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ। नेता चौलागाईं  दाेलखा 'ख' बाट प्रदेशसभा सांसद बनेका थिए।

झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि ,नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनाएको छ । । खनालको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।  खनालको बाँकी अवस्था सामान्य छ । अर्का नेता […]

कोरोना संक्रमणबाट विराटनगरको नगर प्रहरी हवल्दारको मृत्यु

विराटनगर : कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिकामा कार्यरत एक नगर प्रहरी हवल्दारको  मृत्यु भएको छ। विराटनगर–३ का  ५७ वर्षीय नगर प्रहरी हवल्दारको नोबेल अस्पतालको आइसियुमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको स्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।उनलाई पाँच दिनअघि कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए।

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले रातोपाटीलाई बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले हो

ऊर्जामन्त्री रायमाझीमा कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए । केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको खत्रीको भनाइ छ । संक्रमणअघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे खुलेको छैन ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहमा कोरोना पुष्टि

भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेसका वरिष्ठ नेता मनमोहन सिंहलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।