कोरोना संक्रमणबाट विराटनगरको नगर प्रहरी हवल्दारको मृत्यु

विराटनगर : कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिकामा कार्यरत एक नगर प्रहरी हवल्दारको  मृत्यु भएको छ। विराटनगर–३ का  ५७ वर्षीय नगर प्रहरी हवल्दारको नोबेल अस्पतालको आइसियुमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको स्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।उनलाई पाँच दिनअघि कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए।