समानुपातिकमा एमालेको ७० हजार र कांग्रेसको ६० हजार मत नाघ्यो : तेस्रोमा स्वतन्त्र पार्टी

काठमाणडाै - समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ नेकपा एमालेले ७० हजार मत कटाएको छ । अहिलेसम्म समानुपातिक प्रतिनिधि सभातर्फ एमालेले ७२ हजार ४०७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ।  कांग्रेसले ६२ हजार ६५७ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ ३१ हजार ३६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रले २८ हजार ४८९ मत प्र...

सम्बन्धित सामग्री

दोलखाको मतगणनापछि समानुपातिकमा रास्वपा र जनमत पार्टीले गुमाए एक–एक सिट

दोलखाको मत गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली कांग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक–एक सिट बढाएका छन् । समानुपातिक तर्फको हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ मतगणना हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको कांग्रेसले ३३ सिट पाउने निश्चित भएको छ । यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपाति

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

काठमाण्डाै - प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आय...