काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैर आवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गरेका छन्।मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हितका विषयमा कुराकानी भएको थियो। मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६३ बर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेक