मनाङवासीलाई यार्सागुम्बा संकलनको चटारो

मनाङ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै मनाङवासीहरू यार्सागुम्बा संकलनका लागि खर्कतर्फ लागेका छन् । मनाङमा शुक्रवार सम्पन्न स्थानीय निर्वाचनको शनिवार नतीजा समेत सार्वजनिक भइसकेको छ ।  जिल्लाका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । आइतवार नै मनाङका स्थानीयवासी  यार्सा संकलनका लागि खर्कतिर लागेको जिल्ला प्रशासन कार्यालय मनाङले बताएको छ । मनाङवासीको मुख्य आयस्रोत र मनाङको राजस्वको पनि महत्त्वपूर्ण स्रोतको रूपमा रहेको यार्सा संकलन यसअघि कोभिडका कारण २ वर्ष बन्द गरिएको थियो । उनीहरू जडीबुटी संकलनका लागि नार फु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका छन् । ‘स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरिएको थियो, मतदान पनि गरियो अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौं,’ चामे गाउँपालिका–४ का स्थानीय जगबहादुर गुरुङले भने । उनले मनाङको विकासका लागि जनप्रतिनिधि चुन्न खर्क छोडेर आएको र मतदान सकेर पुन: खर्कतर्फ फर्किएको बताए । त्यस्तै गोरखा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुगेका सोनाम गुरुङले सिजनमै संकलन गर्नुपर्ने भएकाले गाउँका सबैजसो मानिस खर्कतर्फ लागेको बताए । ‘समयमै यार्सागुम्बा संकलन नगरे पछि हराउँछ,’ उनले भने । स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत वैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा संकलन बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ–आफ्ना घर फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुन: यार्सागुम्बा संकलनका लागि उनीहरू मतदान सकिएको भोलिपल्टै खर्कतर्फ उक्लिएका हुन् । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकमा समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो । यार्सागुम्बा संकलनका लागि जिल्लावासी मात्र नभएर बाहिरी जिल्लाबाट पनि खर्क आउने गर्दछन् । निर्वाचनमा सहभागी भएर मनाङवासीहरू यार्सागुम्बा संकलन गर्न खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ । यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए । यार्सागुम्बा संकलन नाम्केखर्कबाट शुरू भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आउँदो असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गरिन्छ । यार्सागुम्बा संकलन अवधिभर नेपाल प्रहरीले आवश्यकता अनुसार नार, फुलगायत स्थानमा सुरक्षा प्रबन्ध मिलाउने तथा अन्य सुरक्षा निकायले सहयोग गर्ने गौतमले बताए । उनका अनुसार यार्सागुम्बा संकलनका लागि सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिश तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकामा दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपुर्जी दिन अनुरोध गरिएको छ । यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकले १० ओटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छोड्नुपर्ने प्रावधान छ । मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक र खरीद गर्न आउने व्यक्तिले अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्नेछ । साथै प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक तथा खरीदकर्तालाई स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाउन समेत अनुरोध गरिएको छ । विगत २ वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरीदविक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको बताइएको छ । यस वर्ष भने सहज रूपमा जडीबुटी संकलन हुने भएकाले राजस्वमा वृद्धि हुने अपेक्षा गरिएको छ । रासस

सम्बन्धित सामग्री

तस्वीर : डोल्पाको त्रिपुरासुन्दरीस्थित बगर सरामा धान रोप्दै किसान

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगर सरामा धान रोप्दै किसान । हिमाली जिल्ला डोल्पामा जेठ १ देखि धान रोपाइँ शुरु हुन्छ । पछिल्लो समय जेठको पहिलो हप्ताबाटै धान रोपाइँ भ्याएर सर्वसाधारण यार्सागुम्बा टिप्न तथा संकलन गर्न हिमपाटनमा जाने गर्छन् । यतिखेर डोल्पाका त्रिपुराकोट, लिकु, खदाङ, मोतीपुर र दुनैलगायतका गाउँमा किसानलाई धान रोपाइँको चटारो छ । तस्वीर : रासस

चुनाव सकेर यार्सा टिप्न लेक उक्लिए मनाङी

लमजुङ – मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुडी यार्सागुम्बा संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा टिप्न मनाङका […]

मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदानकार्य …

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् । जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ ।जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

मनाङ । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् ।

यार्सा टिप्न जाने हतारोले रोपाइँको चटारो

वेमौसमी वर्षा सुरु भएसँगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोटमा धान रोपाइँ सुरु भएको छ। धान रोपाइँ सकेर यहाँका स्थानीय यार्सागुम्बा संकलन गर्न जान्छन् । रोपाइँको काम सक्नलाई मौसम सुरु भइनसक्दै धान रोपाइँ सुरु भएको हो । अहिले त्यहाँ धान रोपाइँ गर्ने चटारो परेको छ ।