स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ अर्ब ३ करोड ५ लाख बजेट सिलिङ पाएको छ । आयोगले मन्त्रालयलाई दिएको बजेट सिलिङका आधारमा चालू तथा पुँजीगत गरी १ अर्व ३१ करोड ८ लाख स्वास्थ्य मन्त्रालयले आफूलाई राखेको छ । र, बाँकी रकम आफू मातहतका ४१ वटा निकायलाई बाँडफाँट गरेको छ । त्यसमा विभाग, महाशाखा, प्रतिष्ठान, अस्पताल, केन्द्र, औषधालय लगायतका निकायले मन्त्रालयले बाँडेको सिलिङभित्र रहेर आगामी आर्थिक बर्षका लागि कार्यक्रम बनाउनुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले चालु आ