बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री नियुक्त गरेका छन् ।
आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले अन्य मन्त्रीहरू नियुक्त गरेका हुन् ।
नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएको हो ।
नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बागमती प्रदेशमा अहिले ४ सदस्यीय मन्त्...