जनकपुरधाम – मधेस प्रदेश राजधानी धनुषाको जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापनका लागि व्यापारीहरूले स्थानीय प्रशासनसँग माग गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई अनुरोध पत्र बुझाउँदै व्यापारीहरूले प्रदेश राजधानी तथा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सहर भए पनि चाँडै व्यापार, व्यवसाय बन्द गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती […]