सहकारीको छुट्टै कर्जा असुली न्यायाधिकरण गठन तयारी

काठमाडौं । सहकारी अभियानको पटकपटकको दबाबपछि छुट्टै कर्जा असूली न्यायाधिकरण गठन तयारी थालनी भएको छ । सहकारी ऐन २०७४ को दफा ८२ मा ‘कर्जा असुली न्याधिकरण गठन’ प्रावधान रहे पनि ‘कार्यान्वयनमा ढिलो भएको’ भन्दै अभियानले दबाब दिँदै आएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्थ मन्त्रालयसँग राय मागेसँगै न्याधिकारण गठन प्रक्रिया अघि […] The post सहकारीको छुट्टै कर्जा असुली न्यायाधिकरण गठन तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सहकारीको ब्याजदर चार–चार महिनामा पुनरवलोकन गरिने

काठमाडौं (अस) । सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीको सन्दर्भ ब्याजदर चार–चार महिनामा पुनरवलोकन गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा बुधबार भएको एकीकृत निर्देशन विषयक छलफलमा उनले यस्तो बताएका हुन् । अहिले सहकारी संघ–संस्थाको सन्दर्भ ब्याजदरलाई छिटो–छिटो हेर्नुपर्ने देखिएकाले विभागले त्यसका लागि तयारी थालेको उनले जानकारी दिए । ‘दुई–तीन वर्षदेखि सहकारीको ब्याजदर पुनरवलोकन भएको रहेनछ । अब ४–४ महिनामा पुनरावलोकन गर्ने किसिमले तयारी भइरहेको छ’, रजिस्ट्रार पण्डितले भने, ‘गत साता मात्रै कायम भएको १६ प्रतिशत ब्याजदर तत्कालका लागि हो । राष्ट्र बैंकले केही दिनपछि तथ्यांक सार्वजनिक गरेलगत्तै सोहीअनुसार ब्याजदर पुनरवलोकन गर्नुपर्नेछ । बजारको स्थिति अध्ययन गरेरै सन्दर्भ ब्याजदर निर्धारण गर्ने हो ।’ विभागले सहकारी संघ–संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन समय सान्दर्भिक नभएको उनको बुझाइ छ । उनले सहकारी प्रवर्द्धन कोषमा अहिले रकम जम्मा हुन रोकिएको जानकारी गराए । कर्जा सूचना केन्द्र र सघन अनुगमन आवश्यक रहेको उनको धारणा छ । छलफलमा राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मीनराज कँडेलले एकीकृत निर्देशनमा आफूहरूले राखेका केही माग तथा सुझाव पूरा भए पनि धेरै नसमेटिएको गुनासो गरे । उनले सहकारीलाई लाभांश वितरणमा लगाइएको रोक हटाउनुपर्ने बताए । सञ्चालकले घरमा सहकारी बसेमा घर भाडा लिन नपाउने व्यवस्था हटाउनुपर्ने उनको माग छ । राष्ट्रिय सहकारी बैंक अध्यक्ष केबी उप्रेतीले विभागले निर्देशन वा कुनै नीति ल्याउँदा सरोकारवालासँग सल्लाह लिएर मात्रै अगाडि बढ्नुपर्ने धारणा राखे । अब सहकारीमा डिजिटलाइजेसन आवश्यक भएकाले त्यसतर्फ ध्यान दिन उनले विभागलाई सुझाए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) का अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानको हकहितका लागि काम विभागले प्रयास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले विभागले ८८ बुँदे निर्देशन हतारमा ल्याएको धारणा राखे । सहकारीमा कर्जा सूचना केन्द्र, सघन अनुगमन, कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषलगायत विषय बेला–बेला उठे पनि कार्यान्वयन हुन नसकेको गुनासो उनको गुनासो छ ।