रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी सेवा ठप्प हुँदा स्वास्थ्य बिमा गरेकाहरूलाई असर परेको छ। विविध कारणले एक वर्षभन्दा बढी समयदेखि कोलको स्वास्थ्य केन्द्रमा फार्मेसी ठप्प भएको छ। स्वास्थ्य बिमा गरेकालाई सस्तो र सुलभ दरमै स्वास्थ्य उपचार गर्नुपर्ने स्वास्थ्य केन्द्रमा चिकित्सक र औषधी नहुँदा स्वास्थ्य बिमा गरेकाहरूले अन्यत्र गएर उपचार गर्नुपर्दा दोहोरो सास्ती पाइरहेका छन्। एक वर्षयता कहिले डाक्टर सरुवा त कहिल