विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण पछिल्लो ३ सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना, इराक र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघका अनुसार हालसम्म भारतसहित विश्वका २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा भने पहिलोपटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनु