काठमाडौं, २८ बैशाख । देशको राजधानी काठमाडौंलाई ज्याकारान्डा फुलले ढपक्क ढाकेको छ । यो वसन्त ऋतु हो । बसन्त ऋतुमा वन जङ्गल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छन् । ज्याकारान्डा फूलले उपत्यकामा बैजनी सौन्दर्य पस्किरहेका छन्। प्रकृतिप्रेमी र सौन्दर्य पारखीका लागि शहरमा हरियाली फर्किए झैं भएको छ। धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । […]