चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ । सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको