पाँच महिनामा वैदेशिक व्यापार घाटा झन्डै साढे सात खर्ब

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि मंसिरसम्ममा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ४ खर्ब ७५ अर्ब ४४ करोड २५ […] The post पाँच महिनामा वैदेशिक व्यापार घाटा झन्डै साढे सात खर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

चालु आवको तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष […]

९ महीनामा ६९.४४ % ले बढ्यो स्वदेशी वस्तुको निर्यात, व्यापार घाटा २८ % ले वृद्धि

वैशाख ९, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महीनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार ९ महीनामा रू. एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रू. ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो । चालू आवको ९ महीनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । ९ महीनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रू. १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रू. ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।  २८ प्रतिशतले बढ्यो व्यापार घाटा निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको ९ महीनामा रू. साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको ९ महीनामा नेपालले रू. १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले रू. १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यस्तैगरी चालू आवको ९ महीनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा रू. १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जानकारी दिएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रू. १२ खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो । दुई खर्बको पेट्रोलियम पदार्थको आयात भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महीनाको तथ्यांकअनुसार नेपालले रू. दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । ९  महीनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि रू. एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार ९ महीनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा रू. एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र रू. ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो । रू. ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । ९ महीनाको अवधिमा रू. ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, रू. ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, रू. ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र रू. २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ । १६२ देशबाट आयात विभागले सार्वजनिक गरेको चालू आवको पहिलो ९ महीनाको अवधिमा नेपालमा १६२ देशबाट रू. १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ९ महीनामा नेपालले भारतबाट रू. ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने रू. एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै रु सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट ९ महीनामा रू. दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने रू. ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र रू. दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ । रासस

व्यापारघाटा वृद्धि, दश महिनामा करिब साढे ११ खर्ब व्यापार घाटा

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्नु परेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिका तुलनामा व्यापार घाटा २१.४८ प्रतिशतले बढेको छ।अघिल्लो वर्षको पहिलो दश महिनामा ९ खर्ब ४३ अर्ब ७ करो ३० लाख १३ हजार व्यापार घाटा भएको थियो।

व्यापारघाटा वृद्धि, दश महिनामा करिब साढे ११ खर्ब व्यापार घाटा

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्नु परेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिका तुलनामा व्यापार घाटा २१.४८ प्रतिशतले बढेको छ।अघिल्लो वर्षको पहिलो दश महिनामा ९ खर्ब ४३ अर्ब ७ करो ३० लाख १३ हजार व्यापार घाटा भएको थियो।