नेपाली कांग्रेस संसदीय दलले रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाका धर्मपत्नी रेणु तिमिल्सिनाको निधनप्रति दुुःख व्यक्त गरेको छ ।
उनको उपचारको क्रममा बिहीवार निधन भएको हो ।
संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले शोक विज्ञप्तिमार्फत रेणु तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
स्व. तिमिल्सिना कांग्रेसको सक्रिय सदस्य थिइन् । उनी कांग्रेसले आह्वान गरेको हरेक लोकतान्त्रिक आन्दोलनमा सदैव सहभागी हुँदै आएका उल्लेख गर्दै संसदीय दलले उनको निधनले...