काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सबै सेवा सूचारु गरेको छ।प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाएपछि वैशाख १३ गतेदेखि बन्द भएको सेवा निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि सुचारु गरेको हो। एक सूचना जारी गर्दै सम्पूर्ण काम गर्न प्रशासन कार्यालयमै आउन भनेको छ।निषेधाज्ञा खुकुलो पार्दै पसल बार अनुसार खुलाइएको छ भने निजी सवारी साधन र ट्याक्सीमा जोरबिजोर प्रणााली लगाइएको छ।