कोभिड–१९ महामारीको सङ्क्रमणको दर उच्च हुँदै गएपछि झापा जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । दुई सात अघि मात्र झापा प्रशासनले कोरोना संक्रमणको दरमा कमी आएको भन्दै जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको थियो । विहीबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले साउन १६ गते शनिवार (आज) राती देखी झापा जिल्ला पूर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । संक्रमणदर उच्च हुँदै गएपछि नियन्त्रणको उपाय स्वरूप निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।उनका अनु