नेपालमा फिफा विश्वकप प्रत्यक्ष प्रसारण नहुने सम्भावना बढ्दै, 'सर्वोच्चले हाम्रो समस्या सुनिदिए हुन्थ्यो'

काठमाडौं : मंसिर ४ गतेबाट फिफा विश्वकप २०२२ सुरु हुँदैछ। कतारमा आयोजना हुने फुटबलको महाकुम्भको प्रत्यक्ष प्रशारणलाई विश्वभर प्राथमिकता दिइन्छ। तर, नेपाली दर्शकले नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न नपाउने सम्भावना बढ्दै गएको छ। सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि 'अतिरिक्त शुल्क' लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा…

सम्बन्धित सामग्री

विश्वकप फुटबलले ‘भ्वाइस अफ नेपाल’को प्रसारण समय हेरेफेर

काठमाडौं । यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन् । एउटै समयमा दुई खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ । एकै समयमा दुई खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका खेल प्रसारण गरिरहेको छ । जसकारण आज […]

डिशहोमले विश्वकप २के रिजोलुसनमा प्रशारण गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – डिस मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ प्रत्यक्ष प्रसारण २ के रिजोलुसनमा गर्ने भएको छ । यससँगै डिश होमले विश्वकप लक्षित गर्दै फिल द म्याजिक अफ फुटबल इन डिश होम अभियान

नेपाली टेलिभिजनले विश्वकप फुटबल लाइभ देखाउन पाउने

३० कात्तिक, काठमाडौं । पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर […]

नेपालमा अन्योल बन्दै विश्वकपको प्रत्यक्ष प्रसारण

काठमाडौं : विश्वकप फुटबलको मिति नजिकिँदै गर्दा नेपाली दर्शकलाई भने विश्वकप कसरी हेर्ने भन्ने समस्या देखिने सम्भावना बढेको छ।आगामी ४ मंसिरबाट सुरु हुने २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै गर्दा नेपालमा प्रसारण अधिकारका बारेमा सर्वोच्चमा मुद्दा परेसँगै विश्वकपको लाइभ प्रसारणमा बाधा आउने जोखिम देखिएको हो।नेपालमा विश्वकपको प्रसारणका लागि यो पटक मिडिया हबले दक्षिण एसियाली प्रसारण अधिकार पाएको भायकम १८ बाट ‘एक्स्लुसिभ’ अधिकार खरिद गरेको थियो। तर उसले विश्वकपको लाइभ प्रसारणका

छिमेकी देशमा विश्वकप निशुल्क, नेपालमा भने मिडिया हबको 'लूट धन्दा'

यतिबेला पाकिस्तानको एरि डिजिटल स्पोर्ट्सले कतारमा हुने फुटबल विश्वकपको प्रत्यक्ष प्रसारण आफ्नो टेलिभिजन च्यानल ए स्पोर्ट्स एचडी मार्फत हुने प्रचार गरिरहेको छ । उसले प्रत्यक्ष प्रसारण 'फ्री' अर्थात् निशुल्क हुने पनि बताईरहेको छ । त्यस्तै बंगलादेशको टी स्पोर्ट्स टेलिभिजन च्यानलले पनि 'फिफा विश्वकप २०२२' सिधै टी स्पोर्ट्सको स्क्रिनमा हेर्न सकिने भन्दै प्रचार गरिरहेको छ। एरि डिजिटल स्पोर्ट्स र टी स्पोर्ट्सले आफै फिफाबाट प्रसारण अधिकार भने लिएका होइनन्। फिफाले नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान र माल्दिभ्समा विश्वकप प्रसारणको सम्पूर्ण अधिकार भारतीय कम्पनी भियाकम १८ इन्डियालाई दिएको थियो । पाकिस्तानमा भियाकमले आफुले पाएको प्रसारण अधिकार एरि डिजिटल स्पोर्ट्सलाई बेचेको हो। त्यस्तै भियाकमले बंगलादेशमा आफुले पाएको अधिकार एभिमोर, एभिमोरले नरवेस्टर र नरवेस्टरले टी स्पोर्ट्सलाई बेचेको हो । भियाकमले नेपालमा पनि आफुले पाएको प्रसारण अधिकार मिडिया हब प्रालिलाई बेचेको हो । जुन तरिकाबाट भियाकमले प्रसारण अधिकार पाकिस्तान र बंगलादेशको कम्पनीलाई बेचेको हो, सोहि तरिकाबाट भियाकमले नेपालको अधिकार पनि मिडिया हबलाई बेचेको हो । यो एक्सक्लुसिभ अधिकार हो । पाकिस्तान र बंगलादेशका च्यानलले आफुले प्रसारण अधिकार खरिद गरेर दर्शकलाई निशुल्क रुपमा विश्वकप देखाउने तयारी गरिरहेका छन् । तर नेपाल भने सोहि प्रकृतिको अधिकार खरिद गरेर मिडिया हबले विश्वकप देखाउन दर्शकसँग थप शुल्क अर्थात् ५०० मागिरहेको छ । अर्थात् ५०० नतिर्ने दर्शकले विश्वकप हेर्न पाउने छैनन् ।मिडिया हबका अध्यक्ष सोम धिताल आफुले १५ लाख डलरमा भियाकमबाट प्रसारण अधिकार खरिद गरेको बताउछन् । यो रकम नेपाली रकम अनुसार २० करोड हाराहारी हुन आउँछ । २० करोडमा अधिकार खरिद गरेको र विश्वकप निशुल्क देखाउंदा आफुलाई घाटा पर्न भन्दै शुल्क लिन लागिएको उनको भनाई छ।तर उनले भने जस्तो निशुल्क विश्वकप देखाउंदा मिडिया हबलाई घाटा हुने अवस्था भने छैन । मिडिया हबले हिमालयन टेलिभिजन मार्फत विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ। विश्वकप लाइभ देखाउन पाउनु आफ्नो लागि गौरव र प्रतिष्ठाको विषय भएकोले हिमालयन टिभीले कुनै शुल्क नलिने निर्णय गरेको छ । अर्थात् विज्ञापन र दर्शकबाट जति रकम उठ्छ सबै मिडिया हब र केबुल सेवा प्रदायकले पाउने छन् । विज्ञापन एजेन्सीहरु विश्वकपमा विज्ञापन बाट नै २० करोड सजिल्यै उठ्न सक्ने बताउछन् । मिडिया हबका मालिक धिताल आफै विज्ञापन संघका अध्यक्ष समेत हुन् । उनले विश्वकप् हेर्न पैसा लिने निर्णय गरेपछि विज्ञापन संघ नै फुटेर हाल २ वटा भएको छ । विज्ञापन बाट नै सम्पूर्ण खर्च उठेर नाफा समेत हुने स्थिति हुँदा हुँदै अनि मिडिया हबले दर्शकसँग पैसा लिएर लुट धन्दा गर्न लागेको केहि विज्ञापन एजेन्सीको आरोप छ ।विज्ञापन बाहेक मिडिया हबले ओटिटि प्लेटफर्म मार्फत पनि विश्वकप देखाउने तयारी गरिरहेको छ । यसको लागि उसले नेपाल टेलिकमको साथै ऐनसेलसँग पनि छलफल गरिरहेको छ । ओटिटि अधिकार २० करोड रुपैयाँ सम्ममा बिक्रि गर्ने मिडिया हबको योजना भएपनि नेपाल टेलिकमको संचालक समिति ससर्त २३ करोडसम्म दिन तयार देखिन्छ। यसो हुँदा ओटिटि अधिकार बिक्रि बाट नै मिडिया हबले भियाकमसँग अधिकार खरिद गर्दाको खर्च उठ्ने देखिन्छ। यसो हुँदा विज्ञापनबाट आउने रकम उसको नाफा हो । त्यसैले पनि दर्शकबाट थप रकम उठाएर मिडिया हबले विश्वकप फुटबल देखाउने बहानामा लुटधन्दा गर्न लागेको भन्दै दर्शक समेत रुष्ट बनेका छन् । भायाकमले प्रसारण अधिकार लिएको भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान र माल्दिभ्समा पनि विश्वकप हेर्न दर्शकबाट थप शुल्क माग गरिएको छैन । सबै देशमा विज्ञापन बाट नै खर्च उठाएर दर्शकलाई निशुल्क खेल देखाइने छ । तर नेपालमा भने मिडिया हबले दादागिरी गरेको गुनासो बढ्न थालेको छ । यो पनि :- काही नभएको जात्रा नेपालमा : विश्वकप हेर्न पनि पैसा तिर्नुपर्ने- विश्वकप फुटबलमा ३५ करोडको व्यापार गर्ने टेलिकमको लक्ष्य, शर्तसहित बोर्डले दियो स्वीकृति- विश्वकप फूटबलको प्रत्यक्ष प्रसारणबारे टेलिकमका कर्मचारी आन्दोलित, घाटाको व्यापार गरेको आरोप- कतारमा हुन गइरहेको फिफा फुटबल विश्वकप यति धेरै विवादित किन ?

नेपालको खेल कान्तिपुरमा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को कुवेतमा हुने फिफा विश्वकप छनोटअन्तर्गत नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर - नेपालको खेल

विश्वकप छनोट : नेपालले खेल्नै तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीमा

कुवेतमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

विश्वकप छनोट : नेपालले खेल्नै तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीमा

कुवेतमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।