सम्झौता म्याद सकिएको डेढ वर्षपछि काम शुरू

रामेछाप । मन्थली नगरपालिका–८ जख्नीटार–चिसापानी सडक कालोपत्रे गर्ने काम शुरू भएको छ । ठेक्का म्याद सकिएको डेढ वर्षपछि निर्माण व्यवसायीले सडक कालोपत्रे गर्ने काम शुरू गरेका हुन् । वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक कालोपत्रे गर्न कान्छाराम कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । ठेक्का सम्झौता अनुसार ७ दशमलव ३६ किलोमिटरको कालोपत्रे गर्नुपर्ने छ भने सडकमा […]

सम्बन्धित सामग्री

अलपत्र चारलेन सडक निर्माण शुरू

राँझा । बाँकेको खजुरा बजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण शुरू भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधवारदेखि काम शुरू गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए । सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नुपरेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए । २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रुपैयाँ लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । २०७८ चैत ३० मा पहिलोपटक म्याद गरिएको थियो, जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ सालमा काम शुरू भएयता निर्माण कम्पनीले करीब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ । रासस

चैतभित्र सबै योजना सक्ने गरी सम्झौता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले चालू आर्थिक वर्षको चैत महीनाभित्र सक्नेगरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि छुट्ट्याइएका तीन सय ३२ योजनामध्ये तीन सय २७ ओटा योजना सम्झौता गरी काम शुरू गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताए । उनका अनुसार हालसम्म एक सय पाँच ओटा योजना सम्पन्न भई फरफारक पनि भइसकेका छन् । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पुर्‍याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उनको भनाइ छ । ‘यस वर्ष समयमै योजना सम्झौता शुरू गरेकाले समयमै काम शुरू गर्न सक्यौं,’ उनले भने, ‘साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन् ।’ चालू आर्थिक वर्षका लागि बडिगाड गाउँपालिकाले रू. ७७ करोड बजेट विनियोजन गरेको छ । साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ–फोर्सा सडक वडा नम्बर ८ मा रू. ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा रू. ४५ लाख विनियोजन गरेको उनले जानकारी दिए । गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको बताइन् । यस वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । रासस

सूर्यविनायक–धुलिखेल सडक : काभ्रेपलाञ्चोकको साँगाबाट विस्तारको काम शुरू

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण शुरू भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महीनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण वर्षेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमवारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार शुरू गरिएको हो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको छ । विस्तार गरिने कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किलोमिटरको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । साँगा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बाँयातर्फ होचो स्थानमा सोमवारदेखि पर्खाल बनाउन थालिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि रू. चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । रासस

शुक्लाफाँटामा नगर अस्पताल निर्माण शुरू

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माण शुरू गरिएको छ । दश शøयाको नगर अस्पताल भवन निर्माणको कार्य शुरू गरिएको हो ।      नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ । एमके बिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । ‘भवन निर्माणका लागि कुल बजेट १० करोड ८३ लाख रहेको थियो,’ उनले भने, ‘घटाघटमा निर्माण कम्पनीले ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाएको छ ।’ भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उनका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता छ । सोहीअनुरूप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछ । रासस

मझगाउँ विमानस्थल स्तरोन्नतिको काम शुरू

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको छ । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एक कार्यक्रमका बीच विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका हुन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा विमानस्थल स्तरोन्नति गर्न लागिएको हो, जसअन्तर्गत विमानस्थल स्तरोन्नतिको कुल लागतको १५ प्रतिशत भीमदत्त नगरपालिका, १० प्रतिशत दोधारा चाँदनी नगरपालिका, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश सरकार र ५० प्रतिशत संघीय सरकारले बेहोर्नेछन् । विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाख रुपैयाँमा कान्छाराम कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । विमानस्थलको धावनमार्ग, पार्किङ र ट्याक्सी वे निर्माण हुनेछ । यससँगै टर्मिनल भवन, सुरक्षा भवन र कन्ट्रोल टावर लगायत अन्य संरचनाको निर्माण पनि शुरू गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभाग प्रमुख मुराहरि भण्डारीले बताए । तीनै तहका सरकारको साझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजना हो । सम्झौता अनुसार भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ नागरिक प्राधिकरणलाई पठाइसकेका छन् । अहिले विमानस्थलको धावनमार्ग १ हजार ५२५ मिटर कालोपत्र गरिनेछ । लम्बाइ थप गर्न आवश्यक जमिन अधिग्रहण गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले बताए । विमानस्थलको धावनमार्ग क्रमिक रूपमा २ हजार २०० मिटर र पहुँचमार्ग समेत चार लेनको बनाउने लक्ष्य रहेको जानकारी उनले दिए । २०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै २०५६ देखि बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि पुनः सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको हो । यसका लागि स्थानीय नागरिकदेखि जनप्रतिनिधिहरूले लामो समयदेखि माग गर्दै आएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सासद डा. दीपकप्रकाश भट्टले आफूहरूले यस क्षेत्रको विकासका लागि उठाएको उठाएको एजेण्डा सफल भएको बताए । संघीयताको मर्म बमोजिम मझगाउँ विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको साझेदारीले भौतिक संरचना निर्माण अघि बढेको उनको भनाइ छ । साथै दोधरा चाँदनीमा सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र महाकाली कोरिडोर निर्माण काम अघि बढेकाले यसले स्थानीय अर्थतन्त्रको विकासमा महŒवपूर्ण योगदान पुग्ने उनले बताए । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेल अनुसार विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको बताए । ‘मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौं,’ उनले भने, ‘यसका लागि दुई चरणमा काम अघि बढ्यो । सम्भाव्यता अध्ययनपछि विमानस्थल सञ्चालनका गर्न साझेदारी गरी स्थानीय सरकार भीमदत्त नगरपालिकाको तर्फबाट साढे तीन करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरेका छौं ।’

शुरू भयो राहुघाटको काम

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले काम शुरू गरेको छ । सम्झौता भएको दुई वर्षपछि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले काम थालेको हो । ४० मेगावाट क्षमताको राहुघाटको २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भएको थियो ।      आयोजना प्रमुख राजबहादुर विष्टले भेलले विद्युत्गृहमा अर्थिङ गरेर आयोजनास्थलमा काम शुरू गरिएको जानकारी दिए । ‘सिभिल ठेकेदारले विद्युत्गृहको पूर्वाधार बनाउन थालेसँगै इलेक्ट्रोमेकानिकल ठेकेदार पनि आयोजनास्थलमा परिचालित भएको छ,’ उनले भने, ‘आयोजना व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समन्वय गरेर विद्युत् गृह निर्माणलाई तीव्रता दिएका छौं ।’ इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता अवधि ३६ महिनाको हो । भेल भारतको सरकारी निर्माण कम्पनी हो । विद्युत्गृहभित्रका उपकरण र स्वीचार्डका उपकरण आपूर्ति, ढुवानी र जडानको ठेक्का लिएको भेलले डिजाइन तयार पारिसकेको बताएको छ । सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्सले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका–३ को तिल्केनीचौरमा विद्युत्गृह निर्माण शुरू गरेको छ ।       प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ मा स्थापना भएको लिमिटेडसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्जसाफ्ट र चारओटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग)को ब्रेक थ्रू गरेको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले बताएको छ । विद्युत्गृहदेखि दग्नाम र झिंको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरिएको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १८० मिटर निर्माण सकिएको छ ।      पिप्लेमा ६१ मिटर गहिरो सर्ज साफ्ट र सुरुङको ब्रेक थ्रू भएर १७० मिटर गहिरो प्रेसर साफ्ट निर्माण शुरू गरिएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदविक्री सम्झौता गरेको थियो । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न शुरू गरेको थियो । रासस

रेलेखोला जलविद्युत् आयोजनाको प्रारम्भिक चरणको काम शुरू

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण शुरू भएको छ । ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण शुरू गरेको हो । आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम शुरू गरेको बताए । ‘आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ,’ उनले भने, ‘बाँध, विद्युत्गृह र पाइपलाइन निर्माण एकैसाथ अघि बढाएका छौं ।’ नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ । २०७५ सालदेखि शुरू भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए । ‘छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्स्क्याभेटर र मजदूर परिचालन गरेर सडक बनाउन धेरै समय लाग्यो,’ उनले भने, ‘ग्याबिन र मेशिनरी पर्खाल लगाएर सडक स्तरोन्नति काम जारी राख्दै सिभिल निर्माण अघि बढाएका हौं ।’ रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोवास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालसँग जोडिएको छ । यसअघि स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रू. १ करोडभन्दा बढी खर्च गरे पनि बँेशीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो । ‘हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनांै,’ लेकगाउँका श्याम पुर्जाले भने, ‘आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।’ बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ । नारच्याङको बेँशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि पहुँचमार्ग निर्माण शुरू गरेको थियो । खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलविद्युत् आयोजनाको इन्टेक नजिकै हरिस्वारामा विद्युत् गृह निर्माण गर्न ८० रोपनी जग्गा व्यवस्थापन भएको छ । सुरुङ र नहरको विकल्पमा बाँधदेखि चार किलोमिटर मुख्य पाइपलाइनबाट पानी ल्याइने भएको छ । १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ । प्रतिमेगावाट २० करोडको लागत अनुमान गरिएको रेलेखोला आयोजनामा बैंकको लगानी पनि जुटेको छ । कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्ने योजना छ । नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । नीलगिरि हाइड्रोपावरले ११० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस

शुरू भएन चक्रपथको दोस्रो खण्डको काम

काठमाडौं । सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलंकीदेखि चावहिल धोबीखोलासम्म)को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली गर्न थालिएको २ वर्षमा पनि अझै सकिएको छैन ।      सो सडक खण्डमा अझैसम्म कतिपय व्यक्तिगत घर र विद्युत्का खम्बा हटाउन बाँकी छ । विद्युत्का खम्बा हटाउने काम अन्तिम चरणमा पुगेको छ भने महाराजगञ्ज चोक आसापासमा रहेका घर हटाउन बाँकी रहेको सडक विभागले बताएको छ । चक्रपथको पहिलो खण्ड निर्माण सम्पन्न भएसँगै दोस्रो खण्डको निर्माण शुरू गर्न खोजिए पनि लामो समयसम्म निर्माणस्थल खाली हुन नसकेको हो । कहिलेसम्म निर्माणस्थल खाली भइसकेर हस्तान्तरण हुने भनेर टुंगो नभएको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले बताए । समस्या भएको ठाउँ छाडेर बाँकी निर्माणस्थल चिनियाँ टोलीलाई हस्तान्तरण गर्न प्रक्रिया अघि बढाइएको छ । ‘समस्या भएका ठाउँमा समाधान गर्दै अरू ठाउँमा विस्तार अघि बढाइनेछ,’ उनले भने । सडक विस्तारको काम कहिलेदेखि शुरू गर्ने भन्ने अन्योल रहेको छ । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर लम्बाइमा समस्या रहेकाले त्यसबाहेक हस्तान्तरण गर्ने योजना बनाइएको महाशाखा प्रमुख पोखरेलले बताए । विभागले सो विषयमा मन्त्रालयमा फाइल पठाइएको थियो । अहिलेसम्म फाइल फर्किएर नआएको उनले बताए । ‘महाराजगञ्ज चोकमा पनि चक्रपथको बाहिरी भाग बूढानीलकण्ठतर्फ समस्या छ, बाँकी ठाउँमा काम अघि बढाउन सकिन्छ,’ उनले भने । चीन सरकारले निर्माण गर्ने आठ लेनमै निर्माणस्थल खाली गर्न लागिएको हो । त्यसभन्दा बाहिरी भागमा समस्या भए पनि विस्तारै खाली गरिने विभागले बताएको छ । महाराजगञ्ज क्षेत्रमा सडकको अधिकार क्षेत्रमा पर्ने घरधनीले सो स्थानमा रहेका संरचना हटाउन मुआब्जाको माग गरेका छन् । स्थानीयवासीले मुआब्जा माग गरे पनि विभागले पहिले नै सो जग्गा विभागको स्वामित्वमा रहेको बताउँदै आएको छ । २०३० सालमा जग्गा सडकको स्वामित्वमा ल्याएको सूचना निकालिएकाले अहिले मुआब्जा दिनु नपर्ने विभागले बताएको छ । व्यक्तिगत सम्पत्तिको विषय भएकाले कागजात प्रष्ट भएपछि मात्रै मुआब्जा दिन मिल्ने वा नमिल्ने भन्ने टुंगो लगाइने पोखरेलको भनाइ छ । सडक विभागले चिनियाँ टोलीलाई डिजाइन प्रस्ताव गर्दा प्रत्येक किमीमा आकाशे पुल र सवारी चाप बढी भएका चोकमा ‘अण्डर पास’ र ‘ओभर पास’को प्रस्ताव गरेको छ । विभागले गरेको प्रस्तावअनुसार नै हुने÷नहुनेबारे उसको विस्तृत डिजाइन आएपछि मात्रै थाहा हुने बताइएको छ । विस्तृत डिजाइन आएपछि कति काम चिनियाँले गर्ने र कति सरकारले गर्ने भन्ने टुंगो लाग्ने पोखरेलले बताए । चक्रपथको पहिलो खण्डमा पनि चीन सरकारले आठ लेन निर्माण र तीन आकाशे पुल बनाएको थियो । सडक विभागले ६ स्थानमा आकाशे पुल र मुख्य सडकका दुवैतर्फ एकएक लेनको ‘सर्भिस ट्र्याक’ निर्माण गरेको थियो । महाराजगञ्ज क्षेत्रमा रहेका व्यक्तिगत घरबाहेक यहाँका विद्युत्का खम्बा नहट्नु पनि समस्याको रूपमा रहेको छ । विद्युत्का खम्बा हटाउने काम छिट्टै गर्न नेपाल विद्युत् प्राधिकरणलाई भनिएको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख अर्जुन सुवालले बताए । प्राधिकरणले केही दिन पहिले नै सकाउने लक्ष्य लिए पनि वर्षाका कारण अझै नसकिएको उनको भनाइ छ । विभागले एक महिना पहिले चिनियाँ टोलीलाई निर्माणस्थल खाली भएकाले विस्तार शुरू गर्न पत्राचार गरेको थियो । त्यसको लगतै टोलीले आएर स्थलगत भ्रमण पनि ग¥यो । विद्युत्का खम्बाको फोटो देखाएर उसले निर्माणस्थल खाली नभएको प्रतिक्रिया दिएको थियो । ‘त्यो खाली हुनासाथ सडक हस्तान्तरण भएर काम शुरू हुनेछ,’ उनले भने । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सडक निर्माण गर्दा त्यहाँ रहेका संरचना हटाउन नसकिँदा निर्माणमा ढिलाइ हुने गरेको छ । सडकमा रहेका संरचना र त्यसको व्यवस्थापनका विषयमा शहरी विकास मन्त्रालयले विधेयक बनाउने भने पनि अझै संसद्मा पेश भइसकेको छैन । अधिकांश स्थानमा निर्माणका लागि ठेक्का सम्झौता हुँदासम्म निर्माणस्थल खाली भएको हुँदैन । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलंकी सडकमा पनि त्यहाँ रहेका संरचना हटाउन समय लागेकाले ढिलाइ भएको थियो । निर्माण शुरू भएपछि समयमै सकाउन यो खण्डमा चिनियाँले पहिले नै निर्माणस्थल खाली गर्न भनेको छ । रासस

मदन भण्डारी राजमार्ग निर्माण शुरू

झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्ड निर्माण गर्न थालिएकोे छ । पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट अहिले निर्माण शुरू गरिएको र वर्षा सकिएलगत्तै काम तीव्र बनाइने भएको छ । राजमार्ग आयोजनाका प्रमुख श्यामकुमार यादवका अनुसार यो सडक तीन खण्डमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डकका लागि विस्तृत परियोजना प्रतिवेदन आएपछि टेण्डर आह्वान गरिने भएको छ । पहिलो खण्ड मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्म १० किलोमिटरको छ । सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले पाएको छ । कम्पनीले आगामी २ वर्षमा निर्माण गर्नेगरी सम्झौता गरेको छ । संघीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । दोस्रो खण्ड धरानदेखि पूर्वतर्फ मोरङको भलुवा खोलासम्म २५ किलोमिटर र तेस्रो खण्ड भलुवादेखि झापाको दमकस्थित बेलडाँगीसम्म २८ किलोमिटर सडक रहेको छ । ‘हामीले विस्तृत परियोजना प्रतिवेदन तयार गरेर सडक निर्माणको ठेक्का सम्झौता गरिसक्यौं,’ आयोजनाका प्रमुख यादवले भने, ‘वर्षात्को समय सकिनासाथ निर्माण शुरू गर्छौं ।’ रासस