औषधि व्यवस्था विभाग अगाडि ७ दिनसम्म निःशुल्क सिटामोल वितरण गरिने

काठमाडौं । औषधि व्यवस्था विभाग बिजुलीबजार अगाडि निःशुल्क सिटामोल तथा मास्क वितरण अभियान सुरु भएको छ । औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो । चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको बताएमा एक पत्ताका दरले सिटामोल दिइने छ । अभियानको...

सम्बन्धित सामग्री

औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल वितरण

सडकमै राखेर निःशुल्क वितरण भइरहेको शुक्रबार तेस्रो दिन हो । बुधबारदेखि सामान्य स्वास्थ्य परीक्ष र सिटामोल निःशुल्क रुपमा त्यहाँ वितरण हुँदै आएको छ ।

मूल्य बढाउन बजारमा सिटामोलको अभाव !

कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका ला...

सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या कायमै

कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिनुभएको थियो । उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन ।

भक्तपुरमा सिटामोल अभाव

भक्तपुर : भक्तपुरका अधिकांश औषधि पसल तथा फार्मेसीहरूमा सिटामोलको अभाव देखिएको छ।जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतवार दूधपाटी, सूर्यविनायक र कमलविनायकका औषधि फर्मा र फार्मेसीहरूमा गरिएको अनुगमनका क्रममा सिटामोलको अभाव देखिएको हो।टोलीले २० वटामा अनुगमन गर्दा अधिकांशमा सिटामोल नपाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। ‘केही पसलमा सिटामोल न्यून मात्रामा पाइएपनि अधिकांशमा सिटामोलको भण्डार शुन्य रहेको पाइयो,&rsq

सीमित परिमाणमा मात्र विक्री गर्न भनिएको सिटामोल किन अभाव भइरहन्छ?

कोभिड सङ्क्रमणदर उच्च भएकै बेला ज्वरो तथा दुखाइ नियन्त्रणका लागि अत्यावश्यक मानिने औषधि सिटामोलको बजारमा अभाव भएपछि औषधि व्यवस्था विभागले सीमित परिमाणमा मात्रै सिटामोल बेच्न भनेको छ।“उक्त औषधि (सिटामोल)को बजारमा अभाव हुन नदिन बिरामी तथा उपभोक्तालाई सीमित परिमाणमा मात्र विक्री वितरण गरी औषधिको मौज्दात र प्रभावकारी वितरण व्यवस्था कायम राख्न सरोकारवालाहरूमा अनुरोध छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ।सरकारले समेत उत्पादन गर्दै आएको सिटामोल कैयौँ औषधि पसलहरूमा चहार्दा पनि नपाएको गुनासो सामाजिक सञ्जालमा व्यक्त भएपछि सरकारी निकायहरूले यसको अभाव बारेमा चासो राख्न थालेका छन्।औषधि उत्पादक तथा विक्रेताहरूले पनि सिटामोलको अभाव रहेको बताइरहँदा सरकारले भने अभाव नरहेको दाबी गर्दै आएको छ।औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीले निर्देशन दिएको समाचारमा टिप्पणी गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन जगदीशप्रसाद अग्रवालले सिटामोल नपाएको गुनासो गरेका छन्।“४ दिन अगाडि गल्लीदेखि नाम चलेका पसलमा सिटामोल लिन जाँदा पाइएन, डेढ महिनादेखि नै छैन भन्ने जबाफ पाइयो। फ्लेक्सन लिएर फर्केँ। सरकार भन्छ सिटामोलको अभाव छैन। झुटको पराकाष्ठा। जय होस्,” अग्रवालले बुधवार लेखेका छन्।सिटामोलको अभाव किन?नेपालमा कोरोनाभाइरसको हरेक लहर उच्च विन्दुमा पुग्दा सिटामोलको अभाव हुने गरेको छ। औषधि व्यवस्था विभागले सङ्क्रमण बढ्दै जाँदा यसको माग र घर-घरमा भण्डारण बढ्ने भएका कारण पनि सिटामोलको अभाव भएको दाबी गर्ने गरेको छ।“सङ्क्रमण बढ्ने वित्तिकै सङ्कलन गर्ने, घरमा लगेर राख्ने जस्ता काम पनि भएकोले अभाव देखिएको हो। तर चरम अवस्था चाहिँ छैन,” विभागका सूचना अधिकारी सन्तोष अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।उनले यस विषयमा सरोकारवालासँग समेत छलफल भएको भन्दै अबको केही दिनमा सिटामोल पाउन सहज हुने दाबी गरे।तर सिटामोल अभावको कारण उच्च माग मात्रै नभएको जानकारहरू बताउँछन्।सिटामोल अभावको मुख्य कारण यसको मूल्यबारे सरकार र औषधि उत्पादकहरूबीच देखिँदै आएको विवाद भएको उनीहरू बताउँछन्।नेपालमा सिटामोलको मूल्य २०६४ सालदेखि नबढेका कारण घाटा हुने भन्दै धेरै निजी औषधि उत्पादकहरूले सिटामोलको उत्पादन बन्द गरेका छन्।“सरकारले सिटामोलको मूल्य एक रुपैयाँ तोकेको छ। त्यति मूल्यमा लागत नै उठ्दैन। लागत नै एक रुपैयाँ १५-२० पैसा पर्छ,” औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष नारायणबहादुर क्षेत्री बताउँछन्।“हामीले नेपाल सरकारलाई धेरै पटक भन्यौँ १४ वर्ष अघिको मूल्यमा अहिले उत्पादन गर्न सकिँदैन भनेर।”औषधि व्यवस्था विभागले पनि सिटामोल अभाव हुनुमा मूल्य विवादका कारण उत्पादन बन्द हुनु पनि प्रमुख कारण रहेको स्वीकार गरेको छ।“यसको अर्को कारण चाहिँ मूल्य समायोजन भएको छैन। २०६४ सालदेखि एउटै मूल्यमा छ। त्यो मूल्यमा अहिले कच्चा पदार्थको लागत बढेको हुनाले दिन नसकिने भन्दै केही केहीले बन्द गरेका पनि छन्,” विभागका सूचना अधिकारी केसीले भने।बुधवार सबै उत्पादकहरूलाई उत्पादन सुरु गर्न सर्कुलर गरिएको उनले बताए।निजी उद्योगहरूले सिटामोल उत्पादन नगर्दा पनि सरकारले स्थापना गरेको नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन रोकेको छैन। तर सरकारी कम्पनीको उत्पादनले मात्रै नेपालमा सिटामोलको माग नधान्ने अधिकारीहरूको भनाइ छ।५० पैसाले निम्त्याएको अभावनेपालमा सिटामोलको मूल्य सस्तो भएका कारण विदेशबाट पनि सिटामोल आयात हुन छोडेको औषधि उत्पादकहरूको भनाइ छ।विदेशबाट आयात नहुने र नेपालमा भएका निजी उद्योगहरूले पनि उत्पादन बन्द वा कम गरेका कारण सिटामोल अभाव भएको जानकारहरू बताउँछन्।नेपालका औषधि उत्पादकहरूलाई महामारीको समयमा मूल्य बढाउनका लागि सिटामोलको अभाव सिर्जना गरेको आरोप समेत लाग्दै आएको छ।तर उत्पादक सङ्घका पूर्व अध्यक्ष क्षेत्री आरोपको खण्डन गर्दै भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य कहाँ आकासिएको छ गुगल गरेर हेर्न सकिन्छ। आजभोलिको दुनियाँमा कसैले ठगेर पनि ठगिने वाला छैन।”गत जेठमा औषधि व्यवस्था विभाग र उत्पादकहरूबीच सिटामोलको मूल्य बढाउने र साउनबाट नयाँ मूल्य कायम गर्ने सहमति भए पनि कार्यान्वयन नभएका कारण सिटामोलको उत्पादन नभएको क्षेत्रीको दाबी छ।“यो अभावमा सरकार नै जिम्मेवार हो,” उनले भने।विभागका अनुसार उत्पादकहरूसँगको छलफलपछि परिमार्जित मूल्य निर्धारण कार्यविधि स्वीकृतिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइए पनि मन्त्रालयले त्यसमा कुनै निर्णय लिएको छैन।“हामीले मूल्य निर्धारण सम्बन्धी कार्यविधि स्वीकृत गराउन खोजेको हो। तर अहिले केही भएको छैन। त्यही स्वीकृत नभएको हिसाबले गर्दा गर्न नसकिएको हो,” उनले भने।अहिले एउटा सिटामोललाई एक रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने गरी विभागले मूल्य तोकेको छ।उत्पादकहरूसँगको सहमतिपछि विभागले नेपालमा उत्पादित एक चक्की सिटामोल एक रुपैयाँ ५० पैसामा बेच्न पाउने गरी मूल्य निर्धारणका लागि मन्त्रालयसँग सिफारिस गरेको छ।भारतबाट आयातित सिटामोलको मूल्य एक चक्कीको बढीमा एक रुपैयाँ ७० पैसासम्म तय गर्न विभागले सिफारिस गरेको छ।नेपालमा कोभिड अगाडि नै वर्षमा पाँचदेखि छ करोड चक्कीसम्म सिटामोलको माग हुने गरेकोमा कोभिडपछि यसको माग तेब्बर भएको औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी बताउँछन्।औषधि उत्पादकहरू नेपालमा सिटामोलको मागबारे यकिन तथ्याङ्क नभए पनि वर्षमा करिब १० करोड चक्की हुनसक्ने उत्पादक सङ्घका पूर्व अध्यक्ष क्षेत्री बताउँछन्।‘एक करोड १० लाख सिटामोल छ’बुधवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव नरहेको दाबी गरे।“हाल नेपालमा सिटामोल लगायतका औषधिहरूको कुनै पनि अभाव छैन। त्यसैगरी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत पथलैया स्टोरमा १० लाख प्यारासिटामोल भण्डारणमा रहेको तथा सरकारी फार्मेसीहरूमा एक करोड भन्दा बढी मात्रामा सिटामोल रहेको छ,” डा. अधिकारीले भने।मन्त्रालयले प्यारासिटामोल लगायत अत्यावश्यक औषधीहरूको विवरण अद्यावधिक राख्न सबै सरकारी अस्पताल र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूलाई पनि निर्देशन दिइसकिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए।“यदि कुनै सरकारी अस्पतालमा प्यारासिटामोल अभाव हुने अवस्था आएमा औषधि लिमिटेडसँग सिधै सम्झौता गरी खरिद गर्न सकिने हुनाले सोही अनुसार खरिद गरी सेवाग्राहीलाई सहज हुने व्यवस्था गराउनुहुन अनुरोध छ,” उनले भने।डा. अधिकारिले स्वास्थ्य सेवा विभागले पनि प्यारासिटामोल लगायत अत्यावश्यक औषधिहरूको खरिद अघि बढाएको बताएका छन्। मन्त्रालयले ठूला अस्पताल र प्रादेशिक अस्पतालहरूलाई पनि अत्यावश्यक औषधि खरिद गर्न अनुरोध गरेको छ। -बिबिसीबाट साभार

प्रदेश १ मा ज्वरोको औषधिको अभाव

धनकुटा । कोरोना महामारीका बेला प्रदेश १ मा ज्वरोको औषधिको अभाव भएको छ । धनकुटासहित प्रदेशभर एक सातादेखि सिटामोल अभाव भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश १ ले बताएको छ । सामान्यतया ज्वरो आउँदा र जीउ दुख्दा सेवन गरिने सिटामोल अहिले प्रदेश १ का अधिकांश जिल्लाका औषधि पसलमा पाउन कठिन भएको छ । औषधि पसलहरूले सिटामोल अभाव भएपछि सिटामोलले जस्तै काम गर्ने अन्य औषधि दिने गरेका छन् । देशभर कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । कोरोना संक्रमितलाई ज्वरो आउँदा उनीहरूले पनि सिटामोल प्रयोग गर्दछन् । तर फार्मेसीहरूमा सिटामोल नै नपाउँदा कोरोना संक्रमितसहित ज्वरोका अन्य बिरामी मारमा परेका छन् । औषधि किन्न जिल्ला अस्पताल अगाडिको फार्मेसीमा आएकी धनकुटा नगरपालिका–२ की ५५ वर्षीया गीता निरौलाले बजारका अधिकांश औषधि पसलमा खोज्दा पनि सिटामोल नपाएको गुनासो गरिन् । ‘ज्वरो आएर सिटामोल किन्न आएको, यहाँ वरिपरिका कुनै पनि औषधि पसलमा पाइएन,’ उनले भनिन् । धनकुटा अस्पताल अगाडिको साझा स्वास्थ्य सेवामा वैशाख ८ गतेदेखि नै सिटामोल सकिएको काउन्टर इन्चार्ज मदन लामिछानेले बताए । ‘१५ सय ट्याब्लेट आएको थियो, चार दिनमै सकियो,’ उनले भने, ‘सिटामोल तलैबाट आएको छैन, कहिले आउँछ पत्तो छैन ।’ स्थानीय सन्तोष मेडिकलमा पनि करीब २० दिन अघिदेखि नै सिटामोल सकिएको मेडिकलका डा. सत्यनारान यादबले बताए । ‘माग थेग्नै नसक्ने अवस्था छ, साता–दस दिनदेखि सिटामोल आएकै छैन, उपभोक्तालाई कसरी दिनु ?,’ उनले भने । अहिले जिल्लाभरकै औषधि पसलमा सिटामोल पाउन छोडेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले स्वीकार गरे । ‘फार्मेसीहरूले सिटामोल आएको छैन भन्छन्, के कारणले यस्तो भएको थाहै भएन,’ उनले भने । फार्मेसीहरूमा सिटामोल नपाइए पनि सरकारी स्वास्थ्य संस्थामा भने अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । नेपाल औषधि व्यवसायी संघ प्रदेश १ समिति उपाध्यक्ष रहेका विराटनगरको एपोलो फार्मेसीका सञ्चालक धनराज काफ्लेले मागका तुलनामा आपूर्ति नबढ्दा अभाव भएको बताए । अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेसीबाट फर्किने गरेको उनको भनाइ छ । ‘कोरोना संक्रमण दर बढेसँगै सिटामोलको माग बढेको हो । दुई साता अगाडिदेखि सिटामोल खोज्न आउनेहरू धेरै छन्,’ उनले भने, ‘होलसेलमा १०÷१२ दिनदेखि माग गर्दै आएका छौं, आपूर्ति नै छैन ।’ ‘बजार अनुगमन गर्दा पनि अभाव नै देखियो’ बजारमा सिटामोल अभाव भएको जनगुनासो बढेपछि औषधि व्यवस्था विभाग विराटनगरले दुईओटा समूह बनाएर सुनसरी, मोरङ, झापा र इलामका खुद्रा तथा थोक औषधि विक्रेता पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा थोक विक्रेताहरूमै सिटामोल अभाव रहेकाले बजारमा अभाव हुनु स्वाभाविक भएको विभागको विराटनगर कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए । अनुगमनका क्रममा सिटामोलको चरम अभाव, डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, स्टेरोइड, जिंक चक्की, मिथाइल टेडमिसोलन र डिग्जामिथासोन पनि अभाव रहेको पाइएको उनले जानकारी दिए । बजारमा सिटामोल लगायत औषधि आपूर्तिका लागि आवश्यक व्यवस्था मिलाइदिन विभागमा पत्राचार गरिसकेको उनले बताए ।