कृष्ण पोखरेलप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चुनावमार्फत मुलुकलाई निकास दिने नाउँमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरिएको छ । संसद् विघटन गर्ने विषयमा प्रधानमन्त्रीलाई राष्ट्रपतिले पनि साथ दिएको देखिन्छ । यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रत्यक्ष संलग्नता छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै संसदसँग वैरभाव राख्दै आएको देखिन्छ । किनभने, उहाँले पाएको सुविधाजनक बहुमत गुमाएका कारण संसद्लाई अकालमा मार्न उहाँ पटक–पटक उद्यत हुनुभएको छ ।उहाँ अहिले पनि मुलुकमा अध्यादेशले र