काठमाडौँ तराई–मधेस द्रुतमार्ग निर्माणमा आर्थिक वर्ष २०७७/०७८ मा ९७ दशमलव ३४ प्रतिशत वार्षिक प्रगति भएको छ । गत आर्थिक वर्षमा ८ अर्ब ९६ करोड ८८ लाख रकम विनियोजन भएको थियो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको सो आयोजनाको १६ दशमलव १० प्रतिशत निर्माण सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सुरुङमार्ग निर्माण तर्फ २०७८ जेठ ३१ बाट ठेक्का प्याकेज बोलकबोल भएर मोविलाइजेशनसहित काम सुरु भएको छ । आयोजना स्थलमा ८ वटा बेलिब्रिज जडान भएको छ । द्रुतमार्गमा