धितोपत्र व्यवसायि नियमावली २०६४ संशोधन प्रस्तावमा ब्रोकर्स संघको आपत्ति
नेपाल स्टक ब्रोकर्स संघले नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायि (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन प्रस्ताव तयार गर्दा आफूलाई संलग्न नगराएको भन्दै आपत्ति जनाएको छ।...
काठमाडौँ – नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्नसक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिनेछ […]
काठमाडौं– धितोपत्र ब्रोकर एसोसिएसन नेपालले बजारको विकास र विस्तारमा बन्देज लगाउने नियमावली संशोधन गर्न माग गरेको छ । उक्त नियमावलीको व्यवस्था परिमार्जन गर्दै धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ पास गर्न एसोसिएसनले धितोपत्र बोर्डसँग माग गरेको हो । मंगलबार एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको टोलीले बोर्ड अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाउँदै विनियमावली संशोधनको ज्ञापनपत्र बुझाएका […]
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि (धितोपत्र बजार सञ्चालन नियमावली २०६४) संशोधन प्रस्ताव स्वीकृत गरेको छ । गत साता नै बोर्ड सञ्चालक समितिबाट संशोधन मस्यौदा स्वीकृत भएर अर्थ मन्त्रालयमा पठाएको बोर्डको अध्यक्ष रमेश हमालले बताए । संशोधित मस्यौदा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयन हुनेछ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि […]
सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले राष्ट्रिय प्रशारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सरकारले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा […]
धितोपत्र दर्ता तथा निष्काशन नियमावली ५ औ पटक संशोधन भएको छ । मन्त्रिपरिषद्कोको माघ २४ गते सोमबार बसेको बैठकले धितोपत्र दर्ता तथा निष्काशन ५ औ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृत गरेसंगै अब नेपाल धितोपत्र बोर्डले तोकेको मितिबाट संशोधित नियमावली लागु हुने छ । हाल २०७६।११।०१ बाट धितोपत्र दर्ता तथा निस्काशन नियमावली २०७३ (चौथो संशोधन सहित ) कार्यन्वयनमा छ । चौथो संशोधनले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि समेत प्रयोगमा ल्याउने, प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाका सञ्चालक तथा सेयरधनी कालो सूचीमा नरहेको हुनु पर्ने, सार्वजनिक निष्काशनमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्काशन खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाई १५ दिन कायम गरिएको, सूचीकृत संगठित संस्थाको सञ्चालक समितिबाट हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गर्नुपर्ने, सूचिकृत संगठित संस्थाका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर १० प्रतिशत भन्दा कम नहुने गरी बिक्री प्रस्ताव मार्फत बिक्री गर्न सक्ने र संगठित संस्थाले विदेशी मुलुकको पुँजी बजारमा ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने जस्ता व्यवस्थाहरु गरेको थियो ।
काठमाडौं । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अब नियमावलीले रू. १० करोडदेखि १ अर्बसम्मको चुक्त