काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्।उनले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर दिने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा दर निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने स्पष्ट पारे।गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्