मलेसियामा नेपाली श्रमिकका लागि रोजगारी खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । 

सम्बन्धित सामग्री

मलेसियामा राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संसाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका छन् । सो अवसरमा उनीहरूबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचारविमर्श भएको थियो । नेपाली श्रमिक शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि संवाद भएको मलेसियास्थित नेपाली दूूतावासले जानकारी दिएको छ ।

मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, ६ जना नेपाली स्वदेश फर्किँदै

दोहा – मलेसियामा नेपाली श्रमिकलाई कुटपिट गर्ने होङ्गे इन्टरप्राइजेजका सम्बन्धित व्यक्ति पक्राउ परेका छन्। नेपाली श्रमिकलाई कुटपिट गरेपछि श्रमिकका तर्फबाट प्रहरीमा उजुरी गरिएको र हाल ती पीडकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। सो कम्पनीमा काम गर्न गत सेप्टेम्बरमा पुगेका २८ जना नेपाली र कम्पनीका व्यक्तिबिच भनाभन र कुटपिट भएको थियो। […]

मलेसियामा नेपाली श्रमिकको सामाजिक सुरक्षा समझदारी

मलेसियामा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने विषयमा नेपाल र मलेसिया सरकारबीच समझदारी भएको छ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सस्को)बीच नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिको प्रवद्र्धनसम्बन्धी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको तर्फबाट सस्कोका प्रमुख कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गर्नुभयो । विश्वव्यापी रूपमा सङ्क्रमण कायम रहेको कोरोनालाई ध्यानमा राखी समझदारी पत्रको आदानप्रदानमार्फत यही फागुन ४ गते काठमाडौँमा र १४ गते मलेसियामा हस्ताक्षर सम्पन्न भएको जनाइएको छ । मलेसियामा रहेको नेपाली दूतावासको सक्रियतामा समझदारी पत्रको मस्यौदामाथि विभिन्न चरणमा छलफलपछि तयार भएको अन्तिम मस्यौदा माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान छ । सोस्कोका अनुसार हालसम्म करिब तीन लाख नेपाली श्रमिक यसमा आबद्ध छन् । सोस्कोमा आबद्ध हुन रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रूपमा बुझाउनुपर्ने हुन्छ ।