राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग पश्चिम बागलुङको लागि वरदान सावित भएको छ । लोकमार्गले जिल्लाकै दुर्गम मानिने निसी–भलकोट जिल्ला सदरमुकाम र पूर्वी रुकुमसँग सिधा सडक सञ्जालमा जोडिए पछि दुर्गमको परिचय नै बदलिएको छ । लोकमार्ग बनेपछि बजारीकरण पनि भएको छ ।