नक्सा पासै नगरी होटल र अपार्टमेन्ट

ललितपुर महानगरपालिका–१, बखुन्डोलमा जग खन्दा आसपासको टोल नै भासिएको समिट होटल र अपार्टमेन्ट निर्माणका लागि नक्सा पास नै नभएको खुलेको छ । साबिकको समिट होटल भत्काई त्यस ठाउँमा समिट होटल र अपार्टमेन्ट बनाउन जग खन्दा शुक्रबारदेखि अचानक आसपासका घर भासिएका थिए । उक्त घटनापछि स्थानीय डेरा खोजेर अन्त सर्न थालेका छन् । प्रहरीले उनीहरूलाई डेरा खोज्न सहजीकरण गरिरहेको छ । यसै विषयलाई लिएर ललितपुर महानगरपालिकामा पीडित, होटल तथा अपार्टमेन्टका सञ्चालक र महानगरपालिकाबीच आइतबार बैठक भएको छ ।

सम्बन्धित सामग्री

ललितपुरको समिट नजिकैको घर मात्रै होइन, बाटो पनि भाँसिदै

ललितपुरको बखुण्डोलमा १६ तलाको समिट होटल एण्ड रेजिडेन्स निर्माण गर्ने क्रममा त्यस क्षेत्रका बस्ती वरपरका बाटोहरु पनि भाँसिदै गएको छ । करिब ६ अर्ब रुपैयाँको लगानीमा १८ रोपनी जग्गामा बन्न लागिरहेको उक्त अपार्टमेन्ट नजिकैका व्यवसायिक संरचना एवम् घरहरुमा क्षति पुग्दा स्थानीयले ललितपुर महानगरसँग हारगुहार गर्दै आएपनि महानगर भने बेखबर जस्तै छ । गैरकानुनी ढंगबाट नक्सा […]

‘सामान्यले गरेको भए पक्राउ परिसक्थे’

ललितपुरको बखन्डोलस्थित ग्रीनविच होटलका सञ्चालक शशांक आचार्य यतिबेला आर्थिक र मानसिक दोहोरो तनावमा छन्। साविक समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट निर्माणका क्रममा जमिन भासिएपछि उनी निराश छन्।...

‘सामान्यले गरेको भए पक्राउ परिसक्थे’

ललितपुरको बखन्डोलस्थित ग्रीनविच होटलका सञ्चालक शशांक आचार्य यतिबेला आर्थिक र मानसिक दोहोरो तनावमा छन्। साविक समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट निर्माणका क्रममा जमिन भासिएपछि उनी निराश छन्।...

ईआईए र नक्सा पासबिना बनाइँदै छ १६ तलासम्मका अपार्टमेन्ट र समिट होटल

ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट होटल वरिपरिका घर शुक्रबार राति भासिए, स्थानीय बासिन्दाको भागाभाग भयो । तर, भवितव्यको तयारी भने एक वर्षअघि नै भएको थियो । घरजग्गा निर्माणसम्बन्धी मापदण्ड संशोधन गरेर सरकारले गत वर्ष नै यसको पृष्ठभूमि तयार पारेको थियो ।

कतारमा अपार्टमेन्ट र घरलाई होटल बनाइँदै, १२ हजार कर्मचारीको माग

काठमाडौँ - होटल सञ्चालक एकोरले २०२२ फुटबल विश्वकपका लागि अस्थायी समर्थक आवासको रूपमा कतारमा अपार्टमेन्ट र घरहरूमा ६५ हजार खाली कोठाहरु सञ्चालन गर्न १२ हजार अस्थायी विदेशी कर्मचारीहरू भर्ती गर्ने भएको छ ।  कतारले विश्वकपको समयमा आवासको अभाव हुन नदिन काम गरिरहेको र अस्थायी आवास व्यवस्थापनका लागि युरोपको सबैभन्दा ठूलो...

चीनमा भवन भत्किँदा दर्जनौँ च्यापिए

चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।   देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् । भत्किएको आठ तले भवनमा होटल, अपार्टमेन्ट, सिनेमा हललगायत रहेका थिए । च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिए ।“भत्किएको भवन भित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरुले अथक मेहनेत गर्नुभएको छ,” मेयर जियाङ्छीले

बदलिँदाे काठमाडौँ उपत्यकाकाे स्वरुप (फोटोफिचर)

काठमाडौँ – देशको संघीय राजधानी काठमाडौँमा गगन चुम्बी घर र भवन बन्ने क्रम तीव्र छ। अग्ला होटल तथा अपार्टमेन्ट बनेसँगै उपत्यकाको स्वरुप पनि फेरिएको छ। उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हँुदा हरिया फाँटहरु मासिएर आधुनिक सहरमा बदलिएको छ। उपत्यकामा बस्ती फैलिने क्रमसँगै अग्लिन पनि थालेको छ। बदलिएको काठमाडौँ अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न […]

रियलस्टेटको बद्लिँदो ट्रेण्डः अपार्टमेन्ट परिसरमै तारे होटल र सपिङ कम्प्लेक्स

रियलस्टेटमा देश अनुसार आ–आफ्ना ट्रेण्ड छन् । विश्वका ठूला शहरहरुमा स्थापित भईसकेका ट्रेण्ड क्रमशः अरु देशका शहरहरुमा पनि फैलिन्छन् । अपार्टमेन्ट, त्यहीँ परिसरमा स्टार होटल र सोही कम्पाउण्डभित्र सपिङ मल तथा कम्प्लेस सहितको रियलस्टेटको ट्रेण्ड विश्वका ठूला शहरमा स्थापित ट्रेण्ड हो । तर, यो अभ्यास भने नेपालमा बल्ल सुरु भएको छ । कहाँ कहाँ हुँदैछ यस्तो फ्यूजन ?अहिले आईरहेका नयाँ रियलस्टेट परियोजनामा अपार्टमेन्टसँगै स्टार होटल र सपिङ मल पनि सँगै छन् । अपार्टमेन्टमा बस्ने व्यक्तिहरुले नजिकै गएर खाना खान चाहे वा कुनै बस्तु खरिद गर्न चाहे टाढा जानुपर्ने बाध्यता हटाउन यस्ता परियोजनाले निकै सघाउ पुग्ने देखिन्छ ।कुपण्डोल हाईटस्थित समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट सहितको पाँच तारे होटल बन्दैछ । कर्मा समूहले महाराजगञ्जको काठमाडौँ भ्याली पब्लिक स्कुल जग्गामा अपार्टमेन्टसहित पाँच तारे होटल बनाउँदैछ । चाबहिलको गोपीकृष्ण हल भत्काएर पाँच तारे होटल र सपिङ कम्प्लेक्स निर्माणको काम सुरु भएको छ । मोतिलाल दुगडले बिराटनगरमा सपिङ मल, मल्टिप्लेक्स र पार्क सहितको ५ तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पोखराका व्यवसायी विप्लव पौडेलले कान्तिपथमा बनाएको विशाल भवनमा तलका २ तलामा सपिङ कम्प्लेक्स र माथिका तलामा होटल चलाउँदैछन् । सपिङ कम्प्लेक्सको बुकिङ पनि सुरु भईसकेको छ ।गोल्यान समूहले ताहचलमा अपार्टमेन्ट सहितको पाँच तारे ‘होटल ह्यात प्लेस’ सञ्चालनमा ल्याइसकेको छ । ठमेलस्थित छायाँ सेन्टरमा पनि पाँच तारे होटल र सपिङ कम्पलेक्स छ । यसरी पाँचतारे होटल, अपार्टमेन्ट र सपिङ कम्प्लेक्सको फ्यूजन गरिएका परियोजना निर्माणको क्रम तीव्र रहेको छ । कोभिडपछि मौलाएको मोडलभूकम्पका कारण अपार्टमेन्टको विकास र यहाँ बस्ने मान्छे कम हुँदै गएका थिए । तर, अहिले विस्तारै बढ्दै छन् । कोरोना सुरु हुनु अघिसम्म यस्ता परियोजनामा अपार्टमेन्ट मात्रै थिए । तर, अपार्टमेन्टले मात्रै लगानीको प्रतिफल दिन नसक्ने भएपछि ठूला लगानीकर्ताहरु अपार्टमेन्टमा सपिङ कम्पलेक्स र तारे होटल पनि जोड्न कस्सिकएका हुन् । होटल चलाएर त्यहाँबाट नाफा कमाउन कम्तीमा १० वर्ष लाग्ने भएकाले अपार्टमेन्ट बनाएर बिक्री गरी होटल पनि बनाउँदा होटल सुरुदेखि नै ऋण नलिई चलाउन सकिने भएकाले कोरोना पश्चात नेपालमा यो मोडल फस्टाउँदो देखिएको अपार्टमेन्ट डेभलपर्सहरु बताउँछन् ।

समिटको ठाउँमा अपार्टमेन्ट सहितको पाँचतारे होटल बन्ने

होटल र अपार्टमेन्टको भाग छुट्टै भए पनि सबै कोठाको व्यवस्थापन भने होटलले नै सम्हाल्नेछ।