तिला गाउँपालिका ४ का नैनबहादुर हमालका अनुसार बाढी आउनुपूर्व सबै बस्तीमा बिजुली व्यवस्थापन भएको थियो। लघु जल विद्युत नै बाढीले बगाएपछि टुकी बालेर बस्नु परेको उनले बताए। पहिले गाउँ झलमल्ल थिए। बाढीपछि गाउँमा सन्नाटा छ। उनले भने,‘गाउँ अन्धकार छन। बिद्युतीय उपकरण बन्द छन्। मोवाइल चार्ज गर्न पनि निकै समस्या भइरहेको छ।’