पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८औं वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई १० जोड २ (प्लस टु) पछिको ४ वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।
‘वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग गर्नु हुँदैन, बालबालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भन...