काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउँदाे चुनावपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दाबी गर्नुभएकाे छ । आउँदाे चुनाव जित्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको उहाँले बताउनुभएको हो ।
आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको जिकिर गर्नुभयाे ...