भक्तपुर अस्पतालले थाल्यो बेरुजु शून्य पार्ने अभियान

बेरुजुको चाङ रहेको भक्तपुर अस्पतालले बेरुजु शून्य पार्ने अभियान सुरु गरेको छ । यसअघिका मेडिकल सुपरिटेण्डेन्ट एवं प्रशासनले बाँकी राखेको बेरुजुलाई अस्पतालले शून्यमा झार्ने अभियान सञ्चालन गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमा यसअघि रहेको बेरुजुलाई शून्यमा घटाउने अभियान अस्पतालले सञ्चालन गरेको जानकारी दिए । उनले भने, “भक्तपुर अस्पताललाई धेरै सुधार गर्न सक्षम भएका छौँ, अस्पतालमा म आउँदा अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ थियो, अस्पताललाई सुदृढीकरण गर्दै लगे

सम्बन्धित सामग्री

बेरुजु शून्य बनाउने अभियानमा कपुरकोट गाउँपालिका

कपुरकोट गाउँपालिकाले बेरुजु शून्य बनाउने अभियान थालेको छ । २०७४ देखि गाउँपालिकाको बेरुजु १४ करोड ५१ लाख पुगेको छ । सुशासनको बाधककारुपमा देखिएको बेरुजु कम गर्न र पारदर्शिता बढाउन भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले बेरुजु शून्य बनाउने अभियान थालेका हुन् ।

बेरुजु शून्य बनाउने योजनामा फक्ताङ्लुङ

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य बनाउने योजना बनाएको छ । गाउँपालिकाले हाल देखिएको बेरुजुलाई फर्स्योट गर्दै आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजना बनाएको हो ।

यसरी सम्भव भयो मल्लरानीमा लगातार दुई आर्थिक वर्ष बेरुजु शून्य

महालेखा परीक्षकको कार्यालयले ६०औं वार्षिक प्रतिवेदन ३० चैत २०७९ मा सार्वजनिक गरेको छ। ७५३ स्थानीय तहहरूमध्ये मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका प्यूठानको लगातार दुई आ.व. को बेरुजु शून्य कायम भएको छ। मल्लरानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा करिब २९ महिना काम गर्दै गर्दा लगातार दुई आर्थिक वर्ष (२०७७/७८ र २०७८/७९) मा बेरुजु शून्य कायम भएको […]

दाङका पालिकामा घटेन बेरुजु

जिल्लाका पालिकाहरूमा बेरुजु घट्न सकेको छैन । महालेखा परीक्षकको २०७९ को प्रतिवेदनअनुसार जिल्लाका पालिकाहरूमा बेरुजु शून्य हुन नसकेका हुन् । घोराही उप महानगरपालिकाको बेरुजु ४४ करोड ८४ लाख ४१ हजार पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गरिएको लेखा परिक्षणबाट १३ करोड ७६ लाख ३४ हजार बेरुजु देखिएको हो । जसमा असुल गर्नु पर्ने ६३ […]

प्यूठानका दुई पालिकामा बेरुजु शून्य

देशभरिका स्थानीय तहमध्ये यस वर्ष प्यूठानका दुई गाउँपालिकाको बेरुजु मात्रै शून्य देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गत बिहीबार ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्यूठानको मल्लरानी र सरुमारानी गाउँपालिकाको बेरुजु शून्य देखाएको हो । यी गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि नै लगातार बेरुजु शून्यमा झारेका छन् ।

तीन स्थानीय तहको बेरुजु शून्य

महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्यूठानका दुई स्थानीय तहको बेरुजु रकम शून्य रहेको छ ।बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्यूठानका मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको बेरुजु शून्य रहेको छ । प्यूठानका दुईसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको बेरुजु शून्य भएको हो […]

प्युठानका दुई पालिकामा शून्य बेरूजु

प्युठानका दुई पालिकाको बेरुजु शुन्य देखिएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा प्युठानका दुई पालिकाको बेरुजु शुन्य प्रतिशतमा झरेको पाइएको हो । मल्लरानी गाउँपालिका र...

यी हुन् शून्य बेरुजु भएका सरकारी कार्यालय

काठमाडौँ – आर्थिक वर्ष २०७७/०७८ मा सरकारको बेरुजु १२१ प्रतिशतले वृद्धि भए पनि एक दर्जन सरकारी कार्यालयको भने बेरुजु शून्य रहेको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयको वार्षिक आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा राष्ट्रपति, उपराष्ट्रपति कार्यालयलगायत विभिन्न सरकारी निकाय तथा आयोगको बेरुजु शून्य रहेको औंल्याइएको छ। महालेखाका अनुसार शून्य बेरुजु हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, […]

यी हुन् शून्य बेरुजु भएका सरकारी कार्यालय

आर्थिक वर्ष २०७७/०७८ मा सरकारको बेरुजु १२१ प्रतिशतले वृद्धि भए पनि एक दर्जन सरकारी कार्यालयको भने बेरुजु शून्य रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको वार्षिक आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा राष्ट्रपति, उपराष्ट्रपति कार्यालयलगायत विभिन्न सरकारी निकाय तथा आयोगको बेरुजु शून्य रहेको औंल्याएकाे छ । महालेखाका अनुसार शून्य बेरुजु हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, न्याय परिषद्, प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय

प्युठानका मल्लरानी र सरुमारानीको बेरुजु शून्य

जिल्लाका दुई वटा पालिकाको बेरुजु शून्य भएको छ । मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ को बेरुजु शून्य आएको हो । महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार देशभरमा प्युठानका दुई वटा पालिका मात्र शून्य बेरुजु हुने पालिकामा परेका छन् । दुवै पालिकाको आर्थिक वर्ष २०७६-०७७, २०७७-०७८ र २०७८-०७९ को बेरुजु शून्य रहेको छ ।