नेपाल ट्रेड युनियन सञ्जालद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् माग र आन्दोलनका कार्यक्रमहरू !

काठमाडौँ । नेपाल ट्रेड युनियन सञ्जालले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छ । निजामती सेवा ऐन अविलम्ब जारी गर्न माग गर्दै आइरहेका ५ वटै ट्रेड युनियनले पहिलो चरणको आन्दोलनका मागहरू उदासीन भई सरकारले सुनुवाइ नगरेको भन्दै संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् । पहिलो चरणको आन्दोलन आज सकिएको छ । तर सरकार आफूहरूका मागप्रति सरकार […]

सम्बन्धित सामग्री

ट्रेड युनियन आन्दोलन घेराबन्दीमा छः अध्यक्ष कुँवर

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको बताएका छन्।

ट्रेड युनियन आन्दोलन घेराबन्दीमा छः अध्यक्ष कुँवर

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको बताएका छन्।

परिवर्तन उल्ट्याउन खोजेको देखेर एकैठाउँ उभिएका हौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष तीन नेताको भेटलाई नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्न नभएको स्पष्ट पारेका छन्। शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट नक्कली भुटानी शरणार्थीमा मुछिएकालाई उन्मुक्ति दिन केन्द्रित नरहेको स्पष्ट पारेका हुन्। ‘सुशासनका लागि नयाँ आन्दोलन र प्रक्रिया सुरु भएको छ। यो कम चुनौतीपूर्ण त छैन। हा

एमालेको सरकार बने श्रमिकको न्यूनतम् पारिश्रमिक २५ हजार पुग्छः उपमहासचिव रिमाल

नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् । आइतवार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका हुन् । उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन आन्दोलन गर्ने बताए । उनले निर्

रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्युठानका जिल्ला उपाध्यक्ष योगेश राना अब हामीमाझ रहनुभएन । हिजो साँझ २०७७ चैत्र ६ गते उहाँको हृदयाघात (हर्टअट्याक) का कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । साँझ घरमा सहजै अवस्थामा अवस्थामा रहेका बेला अचानक हृदयाघातको लक्षण देखा परेपछि उहाँलाई एम्बुलेन्समा राखेर नजिकै रहेको भिङ्ग्रीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । तर तबसम्म उहाँको निधन भइसकेको थियो । २०३८ कार्तिक १४ गते जन्मनुभएका राना अन्टुकको लुम्बिनी प्रदेश समितिको सचिवसमेत हुनुहुन्थ्यो । यसैबिच, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले चैत ७ गते शोकवक्तव्य जारी गर्दै रानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदन प्रकट गरेको छ । यस्तो छ, शोक वक्तव्य “नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का पार्टी सेक्रेटरी कामरेड योगेश राना (का. विक्रान्त गुप्ता) को यही २०७७ चैत ६ गते आकस्मिक मृत्यु भयको जानकारी प्राप्त भएको छ । उहाँ अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) लुम्बिनी प्रदेशको सचिव, अखिल नेपाल उद्योग व्यापार सङ्घ प्युठान जिल्ला समितिको निवर्तमान उपाध्यक्षसमेत रहनु भएको थियो । उहाँ लामो समयदेखि पार्टी गतिविधिका साथै, न्यायपूर्ण आन्दोलन र सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहनुभएको थियो । कामरेड योगेश रानाको प्युठानको भिङ्ग्रीमा भयको हृदयघातको कारण असामयिक मृत्यु भएको खबरले हामीलाई अत्यन्त दुःख लागेको छ । कामरेड योगेश रानाको मृत्युले पार्टी र समाज परिवर्तनको आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ । उहाँप्रति नेकपा (मसाल) जिल्ला समिति प्युठान हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । यसका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँको जन्म २०३८ कार्तिकमा भएको थियो भने उहाँको परिवारमा दाजु मीनराज राना स्वर्गद्वारी नगरपालिका वडा नं. २ को निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । यसका साथै श्रीमती मोती राना र एक छोरीसमेत रहनुभएको छ । स्मरण रहोस्, उहाँका भाइ अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भीम रानाको गत २०७४ सालमा अल्पायुमै मृत्यु भएको थियो ।”

संयुक्त ट्रेड युनियनका नेताको उद्घोष : न्यूनतम तलब नदिए आन्दोलन

विराटनगर : सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक हालसम्म पनि लागू नभएको भन्दै संयुक्त ट्रेड युनियनहरूले आन्दोलनको चेतावनी दिएका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेडयुनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघका प्रतिनिधिहरूले यस्तो चेत...

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनुकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने अवस्था आएको बताएका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरूले अब माग पुरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताए। भेटघाटको सुरूवातमा दुई…

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार आएकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को नवनिर्वाचित नेतृत्वसँग बिहीबार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्। जिफन्टको नयाँ नेतृत्वले श्रमिकका हकअधिकारका विषयम...