काठमाण्डाै – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रको दस्ताबेज लाई खारेज गरेकाे छ । आज शुक्रवार बसेकाे पाण्डे पक्षीय केन्द्रीय समितिकाे बैठकले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले 'मार्ग परिवर्तन' नाम दिइएको दस्ताबेजलाई खारेज गरिदिएको हो ।पाण्डे समूहले अध्यक्ष मिश्रकाे दस्तावेज वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको हो ।‘दस्ताबेजले पार्टीको विधानलाई मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको र नागरिककाे अपूर्व बलिदानबाट निर्माण गरि...