नेकपा एमालेका सांसद भीम रावलले दार्चुलाको महाकाली नदी बंगाबगरमा भारतले एकतर्फी रुपमा बनाएको तटबन्धबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले दार्चुला जिल्लाको बंगाबगरमा एकतर्फी रुपमा भारतले तटबन्ध बनाउने काम गरिरहेको र त्यसको बिरुद्धमा नेपालले कुनै आवाज नउठाएको भन्दै प्रश्न गरे । भारतले अन्र्तराष्ट्रिय कानुन र छिमेकीसँगको मैत्री सम्बन्धनलाई उल्लंघन गर्दै नेपालको भूभागमा मिचेको उल्लेख गरे । भारतले एकतर्फी रुपमा डोजर चलाउँदा सरकारल