ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई नगद पुरस्कार र एक वर्षसम्म खेल सामग्री दिने घोषणा

जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई व्यवसायी राजु बास्तोलाले नगद पुरस्कार र एक वर्षसम्म खेल सामग्री दिने घोषणा गरेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ दाहाल पहिलो नम्बरमा परेका थिए । व्यवसायी बास्तोलाले उनको कम्पनी इनास इन्टरप्राइजेजको तर्फबाट दुई लाख रूपैयाँ पुरस्कार र एक वर्षसम्म ब्याडमिन्टन खेल्नका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । ‘ब्याडमिन्टन खेल्नको लागि उसलाई एक वर्षसम्म आवश्यक पर्ने सबै खेल सामग्...

सम्बन्धित सामग्री

खेलकुद पूर्वाधारमा हेलचेक्र्याइँ

नेपालले क्रिकेट, फुटबलमा राम्रैसँग सफलता प्राप्त गरिरहेको छ । क्रिकेटमा त विश्व कप खेल्न सक्ने हैसियत बनाइसकेको छ । तर, दुर्भाग्य नेपालको अझै स्तरीय क्रिकेट ग्राउन्ड नै छैन । क्रिकेटमात्र होइन, अन्य खेलकुदका लागि पनि पूर्वाधार बनाउन सकिएको छैन । सरकारले विभिन्न परियोजनाका लागि बजेट विनियोजन गरे पनि पर्याप्त छैन । खेलाडीले खर्च गर्दा जहिले पनि मुठी कस्नुपर्ने अवस्था छ । नेपालको खेलकुदमा क्रिकेटले कम महत्त्व पाए पनि यसले अन्तरराष्ट्रिय उपाधि र र्‍यान्किङमा भने निकै सुधार गरेको छ । विश्वकप छनोट खेलमा पर्न सक्नु पनि यसको ठूलो उपलब्धि हो यद्यपि आउँदै गरेको विश्वकप खेल्न भने नेपाल वञ्चित भएको छ । १९ वर्षभन्दा कम उमेरसमूहको विश्व कपमा नेपालले भाग लिन पाउने भएको छ । यसरी समग्रमा क्रिकेटमा नेपालले ठूलै उपलब्धि प्राप्त गरेको देखिन्छ । अहिलेसम्म त्रिभुवन विश्वविद्यालयको परिसरमा रहेको ग्राउन्डबाटै नेपालले काम चलाइरहेको छ । मूलपानीमा बनेको ग्राउन्ड अझै राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । खेलकुद पूर्वाधारमा लगानी नगरी खेलकुदमा प्रगति प्राप्त हुन सक्दैन । तर, खेलकुदको विकासमा लाग्नुपर्ने निकाय जहिले पनि राजनीतिमा बढी केन्द्रित हुने गरेका छन् । क्रिकेट, फुटबल मात्र नभई नेपालीले अवसर पाउने हो भने भलिबल, रग्बी, करातेलगायत थुप्रै खेलमा राम्रो गर्न सक्छन् भन्ने उदाहरण देखाइसकेका छन् । खेलाडीले राम्रो खेल्ने भनेको स्वयम् उनीहरूका लागि मात्र होइन । यसले देशको नामलाई अन्तरराष्ट्रिय स्तरमा फैलाउन समेत मद्दत गरिरहेको हुन्छ । नेपालले राम्रो गरेका खेलबाट सिक्न विभिन्न देशका युवा खेलाडी नेपाल आउन सक्छन्, जसले खेल पर्यटनको विकासमा सहयोग पुर्‍याउँछ ।  खेलकुदको विकासकै लागि राष्ट्रिय खेलकुद परिषद् र त्यसअन्तर्गत विभिन्न विधागत रूपमा विभिन्न समिति छन् । तिनले आआफ्नो खेलका लागि आवश्यक पर्ने पूर्वाधार बनाउन र प्रतियोगिताहरू आयोजना गर्न भूमिका खेल्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । खेल पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । यसबाट १४ ओटा कभर्ड हल, रंगशाला, सुटिङ हल निर्माण गर्ने लक्ष्य रहेकोमा १९ करोड ६४ लाखमात्रै खर्च हुन सक्यो । यो विनियोजित बजेटको ३६ दशमलव ४९ प्रतिशत हो । बजेट खर्च हुन नसक्दा फिर्ता भएको छ । त्यस्तै खेलकुदको विकासका लागि आन्तरिक प्रतियोगिताहरू भइरहनुपर्छ । खेलाडीहरू कुनै न कुनै खेलमा संलग्न भइरहनुपर्छ । त्यसले खेलाडीको खेलमा निखार आउँदै जान्छ । तर, नेपालमा खेल पूर्वाधार नबनेको मात्र होइन, प्रतियोगिताहरू पनि निकै कम हुने गरेका छन् । क्लबस्तरीय, प्रदेश स्तरीय, प्रतियोगिता भइरहने हो भने त्यसले अर्थतन्त्रमा पनि केही प्रभाव पार्छ । यस्ता खेलका लागि कम्पनीहरूले क्लबको स्पोन्सर गर्ने गर्छन् । यसले खेलकुदलाई व्यावसायिक बनाउँदै लैजान्छ । खेलकुद पूर्वाधार बनेमा प्रतियोगिताहरू आयोजना हुन थाल्छन् ।  खेलकुदको विकासकै लागि राष्ट्रिय खेलकुद परिषद् र त्यसअन्तर्गत विभिन्न विधागत रूपमा विभिन्न समिति छन् । तिनले आआफ्नो खेलका लागि आवश्यक पर्ने पूर्वाधार बनाउन र प्रतियोगिताहरू आयोजना गर्न भूमिका खेल्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । १५ औं योजनाले करीब ९ हजार युवालाई खेल पूर्वाधारमा रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ । त्यस्तै ७८ हजार खेलाडी तयार पार्ने, ३२ हजारलाई राष्ट्रिय अन्तरराष्ट्रिय प्रशिक्षण उपलब्ध गराउने स्थानीय तहमा १७१ खेलग्राम निर्माण गर्ने लक्ष्य लिइए पनि त्यसअनुसार प्रगति भएको छैन । देशभित्र खेलकुद गतिविधि नहुँदा खेलाडीहरू विदेश पलायन हुने क्रम बढेको छ भने नेपालमै खेल्न चाहने खेलाडीहरूले उचित प्रोत्साहन पाउन सकेका छैनन् । सरकारले खासै प्रोत्साहन नदिए पनि आफ्नै लगन र अभ्यासबाट खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यस्ता खेलाडीलाई सरकारले नगद पुरस्कार दिने, घर बनाइदिने जस्ता कार्यक्रम घोषणा गरे पनि सहयोग पाउन सकेका छैनन् । नीति जति नै राम्रो बनाए पनि त्यो कार्यान्वयनमा गएन भने कागजको खोस्टोसरह हुन्छ । त्यसैले सरकारले खेल पूर्वाधार पनि महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा महसूस गरी सोही खाले योजना र कार्यक्रम अघि सार्नुपर्छ ।

बिदाइ कार्यक्रममा खेलाडी अनुपस्थित, हौसला बढाउने नगद पुरस्कार घोषणा

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले सर्बियाको हुने आईवा विश्व बक्सिङ च्याम्पियनसिप खेल्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ कार्यक्रम राखेको थियो । खेल सामग्री वितरणसहित बिदाइ गर्ने कार्यक्रममा खेलाडी नै अनुपस्थित रहे । खेलाडी अनुपस्थित रहेपनि लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले आफुहरूले सधै खेलाडीहरूको हकहितको पक्षमा...

प्रशिक्षकको खातामा पुरस्कार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकहरूले सरकारले घोषणा गरेको नगद पुरस्कार प्राप्त गर्न थालेका छन् । युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न खेल स्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित व्यक्तिको खातामा राखिदिएको बताएको छ । मन्त्रालयका प्रवक्ता मानबहादुर विकले सोमबार जारी गरेको विज्ञप्तिमा पदक विजेता …