जिल्लाको देउखुरी क्षेत्रमा आइतबार फेरि सलह प्रवेश गरेको छ । यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रो पटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भएका छन् । भर्खरै रोपिएको धानमा क्षति पु-याउने होकि भन्ने चिन्ता उनीहरुमा रहेको छ । भित्र्याउने बेला भएको मकै, तथा तरकारी बालीमा समेत क्षति पु¥याउने चिन्तामा कृषकहरु रहेका छन् । आइतबार दाङमा आएको सलह यसअघि आएको भन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकामा दिउँसो सलह देखा परेको उनको भनाइ छ । “बसेको खबर आएको छ के कति क्षति गरेको भन्ने तथ्यांक संकलन गर्ने काम भइ रहेको छ ।” प्रमुख अधिकारीले भने ।