बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारसँग माग गरेको छ। नेपाल समूहले एक विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा उपलब्ध गराउन समेत माग गरेको छ।…

सम्बन्धित सामग्री

अब सहने छुट हामीलाई छैन : हिमानी शाह

पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’ हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु ब

मेलम्ची र मनाङका बाढी पीडितलाई नेपाल बैंकको ८ लाख सहयोग

काठमाडौँ– बाढी पीडित मेलम्ची तथा चामे मनाङवासीलाई नेपाल बैंकले आठ लाख रुपैयाँ सहयोग गरेको छ। मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, पीडित जनतालाई सहयोग गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप चार लाख पचास हजार रुपैयाँ उक्त नगरपालिकालाई […]

मेलम्ची बाढी पीडितलाई आयल निगमद्वारा ग्यास सिलिण्डर प्रदान

काठमाडौं । नेपाल आयल निगमले मेलम्चीका बाढी पीडित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर उपलब्ध गराएको छ । निगमले जिल्ला दैवीप्रकोप कोषसँगको समन्वयमा बाढी प्रभावितलाई ग्यास उपलब्ध गराएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । सुरुमा २५० वटा ग्यास सिलिण्डर उपलब्ध गराएको उनले बताए । आवश्यकताको आधारमा थप सहयोग पनि गर्ने उनले...

बाढी पीडित अनाथलाई यायोक्लाको सहयोग

बाढी पीडित अनाथ दिदी–भाइ कमला र निशान राईलाई किरात राई बान्तावा यायोक्ला खिम हङकङले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल जान लागेकी संस्थाकी उपाध्यक्ष माया राईलाई अध्यक्ष तिलक वालाहाङ राईले ४ लाख ६३ हजार २ सय सहयोग हस्तान्तरणको लागि दिएका छन् ।

बाढी पीडितलाई सहयोग गर्दै एनआरएन

गैरआवासीय सङ्घ नेपाल (एनआरएन)का अध्यक्ष शेष घले नेतृत्वको टोली र विभिन्न सङ्घसंस्थाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण एवं स्वास्थ्य उपचार गरेको छ । सप्तरीको तिलाठीस्थित राप्राविमा त्यहाँ रहेका करीब ९ सयभन्दा बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । उनीहरुको परिवारलाई एउटा त्रिपाल, एक थान झुल, २५ किलो चामल, दुई किलो दाल, नून, चिनी…